Red cross रेडक्रस कार्यटोली कास्कीको पुनःगठन

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की अन्तर्गतको रेडक्रस कार्यटोलीको भेला मंगलबार टोली नेता विवेक घिमिरेको सभापतित्वमा सम्पन्न भयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति शिवप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा कास्कीका मन्त्री बामदेव ढुङ्गाना, कार्यसमिति सदस्य सुरेन्द्र गुरुङ्ग, शाखाका बरिष्ठ अधिकृत खेमराज सापकोटा, कर्मचारी देवनारायण पौडेल, शुक्रराज सुवेदीे लगायतको उपस्थितिमा टोली नेता विवेक घिमिरेले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । उक्त अवसरमा उत्कृष्ट सेवा गरेवापत रेडक्रस कार्यटोली रक्तदाता समूह नेता नवराज त्रिपाठीलाई सम्मान गरिएको थियो ।
भेलाले सुमेरु त्रिपाठीको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । जसमा उपनेता नानु अधिकारी तथा समूह नेताहरुमा रजनी भट्टराई, नवराज त्रिपाठी, विरेन्द्र अर्याल, केशव सुवेदी र समूह सदस्यहरुमा मुक्तिराम बराल, भोजराज बराल, शिवहरि तिमिल्सिना, तारामाया वि.क., देवका तिमिल्सिना, संजय पौडेल, लक्ष्मी पराजुली, दीपकनाथ भण्डारी, जया पराजुली, अनुप थापा रहनुभएको छ ।
कार्यक्रममा नयाँ कार्यसमितिलाई कास्की शाखाका मन्त्री बामदेव ढुङ्गाना र निवर्तमान कार्यटोली नेता विवेक घिमिरेले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने नवनिर्वाचित टोलीनेता सुमेरु त्रिपाठीले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.