नववर्ष २०६९ को अवसरमा सुविधा बचत तथा ऋण को–अपरेटिभ संस्था लि.द्वारा पोखरा बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफूल वितरण गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्त केशव पराजुलीले पोखरा बृद्धाश्रमलाई पश्चिममाञ्चल स्तरको रुपमा विकास गरिन लागिएकोले यस कार्यमा पोखराका संघसंस्थाहरुले पु¥याएको योगदानले जेष्ठ नागरिकहरुको संरक्षण भएको बताउनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफा मात्र नहेरी सेवामूलक काम गर्नु सहकारीको पनि कर्तव्य भएकोले बृद्धाश्रममा कार्यक्रम गरिएको र आगामी दिनमा बृद्धाश्रमको भौतिक निर्माणको लागि सहकारीले सहयोग पु¥याउने कार्यक्रम संयोजक कृष्ण थापाले बताउनुभयो ।
सहकारी संस्थाका कार्यवाहक अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा जाल्पादेवि टोलसुधार समितिका अध्यक्ष मिनप्रसाद भट्टराई, सुविधा सहकारीका सचिव अशोक श्रेष्ठ, संचालक समिति सदस्य कमला गिरी लागयतले शुभकामना व्यक्त गरेका थिए ।
नववर्षकै अवसरमा जाल्पादेवि टोलसुधार समितिद्वारा चियापान समारोह गरेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गणेशबहादुर अधिकारी, पूर्व वडा अध्यक्ष विरेन्द्रनारायण विजुक्छे, सृजना विकास केन्द्रका अध्यक्ष रुद्रनाथ बराल, सल्लाकार सोभियत बहादुर अधिकारी, पूर्व अध्यक्ष निलबहादुर के.सी., अशोक श्रेष्ठ, जयनारायण श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष मिनप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक बुद्धमान जोशी, अध्यक्ष कृष्णमान ठुसाजु, सचिव देवराज गिरी लगायतले आ–आफ्नो धारण राखेका थिए ।
No comments:
Post a Comment
Please, comment about this article.