Sunday, April 8, 2012

क्यूपेक नेपाल पोखरा–५ को अध्यक्षमा विष्णु राइ

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) पोखरा वडा नं. ५ को तेस्रो वडा अधिवेशन पोखरा–५, को मनकामना मन्दिरको सभाहलमा नेपाल टे«ड युनियन महासंघ जिफण्ट राष्ट्रिय कमिटी सदस्य तथा जिफण्ट गण्डकी धौलागिरी अञ्चल अध्यक्ष युवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त अवसरमा जिफण्ट अञ्चल सदस्य गुन्जलाल श्रेष्ठ, जिफण्ट कास्की जिल्ला अध्यक्ष लिलाबहादुर कार्की, जिफण्ट जिल्ला सदस्य डिल्लु थापा, क्यूपेक नेपाल जिल्ला उपाध्यक्ष पुण्यप्रसाद उप्रेती, पोखरा नगर कमिटी अध्यक्ष लगायत विभिन्न वडाका पदाधिकारी तथा प्रतिनिधिहरु एवं वडा नं. ५ का निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रमुख एवं अतिथिहरुले निर्माण मजदुरहरु संगठित हुन सकेमात्र आफ्नो हक अधिकार प्राप्त हुने र टे«ड युनियनहरुले उठाएको मजदुर अधिकारका लागि सामाजिक सुरक्षा सरकारले अनिवार्य रुपमा लागू गराउन बाध्य हुने बताउनुभयो ।
ध्रुव प्रसाद छत्कुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मोहन थापाले स्वागत र सचिव जीवन सुब्बाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
अधिवेशनले २ वर्ष कार्यकालका लागि विष्णु राइको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयनि गरेको छ । जसको उपाध्यक्षमा मोहन थापा, सचिवमा जीवन सुब्बा, सहसचिवमा शोभा परियार, कोषाध्यक्षमा नाम बहादुर पुन र सदस्यहरुमा पार्वती परियार, कुसुम मगर, भोलानाथ दाहाल, अजित रानामगर रहनुभएको छ । त्यसैगरी बरिष्ठ सल्लाहकारमा ध्रुवप्रसाद छत्कुली, सल्लाहकारहरुमा मंगलबहादुर बराम, नरबहादुर तामाङ्ग र करण मगर रहनुभएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.