Saturday, April 7, 2012

मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान


हुर्जाको वार्षिक साधारणसभा सम्पन्न, शान्ति र संविधान समयमै पु¥याउनुको विकल्प नभएको: माओवादी नेता महरा
मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीको वार्षिक साधारणसभाको शनिबार एक कार्यक्रमकाबिच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै एकिकृत नेकपा माओवादी स्थायि समिति सदस्य एवं पूर्व उपप्रधान गृह तथा सञ्चारमन्त्रि कृष्णबहादुर महराले पछिल्लो चरणमा मानवअधिकारको अवस्थामा सुधार आएको बताउँदै मानवअधिकार र पत्रकारिता दुवै राजनीतिबाट मुक्त हुन नसकेको बताउनुभयो । महराले शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएर नयाँ संविधान निर्माणको विकल्प नभएको बताउनुभयो । संघीयता सहितको संविधान निर्माण हुने बताउँदै उँहाले शासकीय स्वरुप, अधिकार बाँडफाँडमा पनि दलहरुबिच सहमति नजिक पुगेको जानकारि दिनुभयो । उँहाले देश बनाउनका लागि मानवअधिकारकर्मी र पत्रकारहरु एक भएर र स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपालका केन्द्रिय अध्यक्ष छत्रशंकरले जनआन्दोलनपछिका तीन वटा सरकार गठन भएको र तीनै सरकारका पालामा पत्रकारहरु सुरक्षित नभएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट र दुर्गा भण्डारीले पत्रकारहरुको सुरक्षाका लागि सरकारसँग माग गर्नुभयो । सँस्थाका अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, प्रेश युनियन नेपालका केन्द्रिय प्रथम उपाध्यक्ष गङ्गाधर पराजुली, पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यलय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारी, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, सँस्थाका उपाध्यक्ष राजेश पराजुली, महासचिव वीरेन्द सापकोटा लगायतका वक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो । सोही अवसरमा मानवअधिकारका क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले मानवअधिकार पत्रकारिता पुरस्कार स्थापना भएको छ । वर्षैपिच्छे सँस्थाको वार्षिकोत्सवको अवसरमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहलाई पुरस्कार स्वरुप प्रदान गरिने सँस्थाका महासचिव वीरेन्द्र सापकोटाले बताउनुभयो । अक्षयकोषमा सहयोग गर्न पनि हुर्जाले सबैमा आग्रह समेत गरेको छ । सोही अवसरमा विष्णुबहादुर ख्वाउँजु, कृष्ण पराजुली(ढाका मोहन), बद्रिविनोद प्रतिकले अक्षयकोषमा आ–आफनो तर्फबाट आर्थिक सहयोग गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.