मानवअधिकार पत्रकारिता पुरस्कार घोषणा हुने मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीले आफनो वार्षिक साधारणसभा भव्यताका साथ मनाउने भएको छ । यहि चैत्र २५ गते शनिबार साधारणसभा मनाईने निर्णय हुर्जा कास्कीको मङ्गलबार बसेको बैठकले गरेको हो । साधारणसभा भव्य र सभ्य तरिकाले मनाउनका लागि संघका उपाध्यक्ष राजेश पराजुलीको संयोजकत्वमा मुल समिति र विभिन्न उपसमिति गठन गरिएको संघका महासचिव वीरेन्द्र सापकोटाले बताउनुभयो । विभिन्न उपसमितिअन्तर्गत प्रचार–प्रसारमा वीरेन्द्र सापकोटा र दिनेश आचार्य, मञ्च व्यवस्थापनमा कमल सुवेदी र सुसिल श्रेष्ठ, जलपान/खाजा व्यवस्थापनमा अर्जुन गिरि र असफल गौतम, अतिथि व्यवस्थापनमा कृष्ण अञ्जान ज्ञवाली र वीरेन्द्र सापकोटा, अतिथि सत्कारमा निशा प्रजापति र अञ्जली महर्जन, आर्थिक व्यवस्थापनमा राजेश पराजुली र अर्जुन गिरि रहनुभएको छ । वार्षिक साधारणसभाका दिन अहिलेसम्म हुर्जा कास्कीले गरिरहेको काम, कर्तव्य, अधिकारका साथै आगामि दिनमा कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा समेत छलफल हुने भएको छ । यसैबिच उक्त साधारणसभामा मानवअधिकारका क्षेत्रमा क्रियाशिल रुपमा रहेर काम गरिरहेका पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले मानवअधिकार पत्रकारिता पुरस्कार घोषणा गर्न लागिएको संघका अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीले बताउनुभयो । पुरस्कार राशिमा सहयोग तथा आफनै वा आफना परिवारका नाममा पनि पुरस्कार स्थापना गर्न सकिने तथा संघले स्थापना गर्न लागेको पुरस्कारमा सहयोग गर्न पनि हुर्जा कास्कीले सम्पूर्ण राजनीतिक दल तथा दलका प्रतिनिधि, मानवअधिकारकर्मी, कानुनविद्, विभिन्न उद्योगपति तथा व्यवसायी, विभिन्न सामाजिक तथा सरकारी एवं गैरसरकारी संघसंस्था तथा तिनका प्रतिनिधिसँग आग्रह गरेको छ । यसैबिच डन न्यूज नेसनल डेलिका प्रकाशक तथा सम्पादक एवं पोखराका पत्रकार राजेन्द्र अधिकारीका पिता खिमलाल अधिकारीको स्वर्गारोहण भएकोमा शोक व्यक्त गरेको छ । अधिकारीको घरमै गएर हुर्जा परिवारले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो ।
No comments:
Post a Comment
Please, comment about this article.