Tuesday, March 27, 2012

तनहुँ सम्पर्क समाजद्वारा क्षेत्रीय शिक्षा निर्देशकलाई स्वागत


  तनहुँ सम्पर्क समाज पोखराले आफ्नो वार्षिकोत्सवको अवसर पारेर तनहुँ जिल्ला स्थायी घर भएका गोपालकृष्ण पौडेल पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक भई आउनुभएकोमा स्वागत एवं सम्मान गरेको छ । उक्त अवसरमा चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
       स्वागत एवं सम्मान ग्रहण गर्दै निर्देशक गोपालकृष्ण पौडेलले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा समाजको प्रशंसा गर्दै आफू पनि तनहुँबासी भएको गौरवान्वित भएको बताउनुभयो ।
       उहाँले तनहुँ सम्पर्क समाजको भावी योजनाहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै संस्थाको उज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो ।
       कार्यक्रममा अन्तर समाज महासंघ राष्ट्रिय समिति अध्यक्ष निलकण्ठ शर्मा, तनहुँ सम्पर्क समाजका सल्लाहकारहरु डा.कर्णविर पौड्याल, बृन्दा राना, पूर्व अध्यक्ष मुरलीमोहन काफ्ले, भीम गुरुङ्ग, बरिष्ठ उपाध्यक्ष गणेश थापा लगायतले  शुभकामना दिनुभएको थियो । समाजका अध्यक्ष इश्वर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव अम्बिका भट्टराईले गर्नुभएको थियो ।
       तनहुँमा स्थायी घर भई पोखरामा विभिन्न पेशा व्यवसाय गरी बस्ने तनहुँले बीच एकता, भइचारा एवं सहयोग गर्ने उद्देश्यले २०५९ चैत १३ गते विधिवत रुपमा उक्त संस्थाको स्थापना गरिएको हो ।
 

No comments:

Post a Comment

Please, comment about this article.