पोखराको सिमलचौर स्थित पिसजोन एकेडेमीले स्थानीय सोंपाल तमु समाजको सभाहलमा २०६८ सालको प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई एक कार्यक्रमका साथ विदाई गरेको छ ।
विद्यालयका सहप्राचार्य मोतिलाल लामिछाने तथा कक्षा ९ की छात्रा श्रीना रञ्जितकारको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरु सुस्मिता श्रेष्ठ, आमोश पोखरेल र आहाना रानाले शुभकामना कविता वाचन गरेका थिए ।
यसैगरी विदाइ भएर जाने विद्यार्थीहरुको तर्फबाट शिल्पा थापा, अमृता खड्का तथा कपिल बाँस्तोलाले आ–आफ्नो मन्तव्य मार्फत विद्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।
अभिभावकको तर्फबाट बाबुराम पौडेलले विद्यालयले प्रदान गरेको अनुशासन तथा स्तरीय शिक्षाको निम्ति विद्यालयलाई धन्यवाद दिनुभएको थियो ।
विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यार्थीहरुलाई भविष्यको निम्ति शुभकामना व्यक्त गर्दै पिसजोन विद्यापदक (प्रवेशिका परीक्षामा ८५ प्रतिशत भन्दा बढीलाई) तथा पिसजोन स्वर्णपदक (प्रवेशिकामा बोर्डको प्रथम पाँचभित्र पर्न सफल) ले विद्यार्थीहरुलाई प्रवेशिका परीक्षा पछि सम्मान गरिने जानकारी दिनुभयो । उहाँले आउँदा दिनहरुमा विद्यालयले अझ उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्नको निम्ति सधैं क्रियाशील रहने बताउनुभयो ।
कार्यक्रमको संचालन विद्यालयका प्रचार्य सुरेन्द्र शर्मा दाहालले गर्नुभएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.