पोखरा फेवातालको पश्चिम छेउको पुम्दीभुम्दी गा.वि.स. वडा नं. १ स्थित चिसापानी स्थानबाट १ जना विदेशी स्वीडेन नागरिक पासपोर्ट नं. ८४०५८१३२, वर्ष ५७ को KJELL GUNNAR ROGER ALENHOLT फेवातालमा डुवी वेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ यस कार्यालय तथा वडा प्रहरी कार्यालय बैदाम, पर्यटक प्रहरी समेतको सहयोगमा पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीबाट नेपाल प्रहरीको रेस्कीयू टोली द्धारा फेवातालमा पौडी खेली वेपत्ता भएका विदेशी नागरिक १६:१० बजेको समयमा मृत अवस्थामा तालबाट निकाल्न सफल भएको । फेवाताल छेउमा मृतकको नगद रु. १५२०।–, भिडियो क्यामेरा थान १, घडी, मोवाईल, सुर्य चुरोट ३ वट्टा, चस्मा, टिसर्ट १, पाईन्ट १, गमछा १ समेत साईडमा फेला परेको । मृतक लासको प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि प.क्षे. अस्पतालको मुद्र्धा घरमा राखिएको । अन्य अनुसन्धान कार्य भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.