प्रथम राष्ट्रिय
भेलाको तयारी गरिरहेको भरत दाहाल नेतृत्वको ने.क.पा. (माओवादी) ले नेपालमा
अमेरिकी सामा्रज्यवाद र भारतीय बिस्तारवाद लगायतका विदेशी शक्तिहरुको
हस्तक्षेप बढेको निष्कर्ष निकाल्दै यही कारण नेपाली राष्ट्रियता खतरामा
परेकाले आम देशभक्त, राष्ट्रवादी र
परिवर्तनका पक्षधर शक्तिहरुलाई एकजुट
भई राष्ट्रिय मुक्ति आन्दोलनमा लाग्न आव्हान गरेको छ ।
पार्टीको प्रथम
राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गठित केन्द्रीय कार्य सम्पादन समितिर उपलव्ध राष्ट्रिय
सम्मेलन तयारी समितिका सदस्यहरुको बुधबार पोखरामा सम्पन्न संयुक्त बैठकले
यस्तो आव्हान गरेको हो । साथै सो बैठकले नेपालमा गम्भीर दुर्घटनाको सम्भावना
बढिरहेको औंल्याउ“दै यस्तो सम्भावित
दुर्घटनाकाविरुद्ध सबै नेपाली जनतालाई
एकजुट हुन पनि भरत दाहाल नेतृत्वको माओवादीले अनुरोध गरेको छ ।
नेपालमा सर्वहारा वर्गको मुक्ति र उत्पीडित वर्गको राज्यसत्ता
प्राप्तिका लागि अझै पनि दीर्घकालीन जनयुद्धको आवश्यकतालाई जोड दिंदै त्यसको
तयारीका क्रममा नेपालमा राष्ट्रिय मुक्ति आन्दोलन थालनी गर्न ढिलाई गर्न नहुनेमा
बैठकले जोड दिएको छ । सो बैठकले मुलुकमा
हुन लागिरहेको सम्भावित दुर्घटनाकाविरुद्ध प्रतिरोध गर्न व्यापक र जुझारु
कार्यक्रमहरु तयारी गर्नुपर्ने भएकाले तयारी नपुगेको भन्दै प्रथम राष्ट्रिय
सम्मेलन एक महिना पछि सारेको छ । बैठकले यही माघ २३, २४ र २५ गते कैलालीको
धनगढीमा गर्न लागिएको प्रथम राष्ट्रिय सम्मेलनको मिति परिवर्तन गरी फागुन
२६, २७ र २८ गते
कैलालीमा नै गर्ने निर्णय पनि गरेको
छ ।
त्यस्तै
पार्टीका संयोजक भरत दाहालद्वारा प्रस्तुत प्रस्तावित विधान र राजनीतिक दस्तावेज
लगायतका अन्य विभिन्न प्रस्तावहरुलाई पनि बैठकले सुझावसहित पारित गरेको छ ।
उल्लेखित विधान र राजनीतिक दस्तावेजलाई आगामी फागुन २६ देखि २८ सम्म
कैलालीको धनगढीमा हुने प्रथम राष्ट्रिय भेलामा कार्यान्वयानार्थ पेश गरिने पार्टी
संयोजक भरत दाहालले जानकारी दिनुभयो । त्यस्तै सोही बैठकले पार्टीको
राष्ट्रिय मुक्ति आन्दोलनको अभियानलाई व्यापक रुपमा
प्रभारप्रसार गर्न
विभिन्न टोलीहरु बनाएर गाउ“–गाउ“, चोक–चोक र कुना–कुनामा पुग्ने निर्णय पनि
गरिएको छ । सोही क्रममा कोणसभा, सम्मेलन, बैठक, भेला जनभेटघाट र
प्रशिक्षण गरिने भएको छ भने पार्टीको राष्ट्रिय सम्मेलन सफल
पार्न स्वेच्छिक
आर्थिक संकलन अभियानलाई तीब्रता पारिने भएको छ । त्यस्तै आगामी फागुन १ गते
जनयुद्ध दिवस मनाउने निर्णय पनि बैठकले गरेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.