२०६८ माघ ४ गते प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निर्देशनमा नेपाल आयल
निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि प्रति हामी कास्कीका राजनैतिक
दलहरुको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको पेट्रोलियम पदार्थमा मूल्यबृद्धि
गर्ने निर्णयप्रति खेद प्रकट गर्दछौं ।
पेट्रोलियम पदार्थ जसको मूल्यबृद्धिको असर समग्र क्षेत्रमा भारी मात्रामा
मूल्यबृद्धि हुन्छ जसको परिणाम सर्वसाधारण जनताको जीवन अत्यन्तै कष्टकर बन्दछ ।
जनताको हितमा काम गर्ने कसम खाएर अत्यावश्यक खर्च कटौतीका नाममा मुस्ताङ जीप चढ्ने
डा.बाबुराम भट्टराई आज यसरी सर्वसाधारण जनताको ढाँड खुस्कने, सम्पूर्ण विकास निर्माण प्रभावित हुने
गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि कसरी गर्न सके ? के डा.बाबुराम भट्टराई नौटङ्की हुन् ? यदि होइनन् भने यस्ता नौटङ्की कार्य
तुरुन्तै रोक्न, पेट्रोलियम
पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गर्दछौं । सरकारका यस्ता जनविरोधी कार्यका
विरुद्ध सचेत रहन जनता र राष्ट्रका हितमा ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण तहका
जनसमुदायसँग हार्दिक अपिल गर्दछौं ।
(मदनमुरारी घिरिमे) (रामजी थापा) (दीर्घ बहादुर जि.सी.) (टेकनाथ अधिकारी)
अध्यक्ष
सचिव अध्यक्ष का.सचिव
राष्ट्रिय जनमोर्चा
ने.क.पा.(एकीकृत) ने.क.पा.
(संयुक्त) ने.क.पा. (माले)
कास्की कास्की कास्की कास्की
No comments:
Post a Comment
Please, comment about this article.