नेपाल बिजुली
पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) लेखनाथ
नगर कमिटीको चौंथो अधिवेशन लेखनाथको अर्घौंचोकमा सम्पन्न भयो । उक्त कार्यक्रममा
नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरी अञ्चल अध्यक्ष युवराज पौडेलको
प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथि क्यूपेक नेपाल
केन्द्रीय कमिटी उपाध्यक्ष चन्द्र प्रसाद गुरुङ्ग, जिफण्ट अञ्चल सदस्यद्वय
सूर्यमोहन सुवेदी र गुन्जलाल श्रेष्ठ, जिफण्ट जिल्ला अध्यक्ष
लिलाबहादुर कार्की, क्यूपेक नेपाल जिला अध्यक्ष ज्ञानेन्द्र प्रसाद
मर्सानी, लेखनाथ नगरपालिका कर्मचारी संघका क्षेत्रीय सदस्य मुरलीमोहन
पौडेल, क्यूपेक नेपाल जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु, पोखरा नगर कमिटीका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरु, पोखरा वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी तथा सदस्यहरु रलेखनाथका सबै वडाका
पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
ऋषिराम नेपालीको अध्यक्षतामा भएको उद्घाटन
कार्यक्रममा उपाध्यक्ष गौरी शंकर नेपालीले स्वागत र सुवास परियारले संचालन
गर्नुभएको थियो ।
अधिवेशनले २ वर्षे कार्यकालको लागि
गौरीशंकर शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । उक्त समितिको
उपाध्यक्षमा मेखलाल विक, सचिवमा ध्रुवबहादुर भुजेल, सहसचिवमा सुनिल खड्का, कोषाध्यक्षमा तारा माया तामाङ्ग, सदस्यहरुमा प्रेम मल्ल, डिलबहादुर वि.क., कृष्ण श्रेष्ठ, जगनाथ शाह, रुपलाल गिरी, कल्पना राना, हरिमाया, विष्णु राई रहनुभएको छ भने सल्लाहकारमा विष्णु
आले र ध्रुवराज ओझा रहनुभएको छ ।
No comments:
Post a Comment
Please, comment about this article.