बढ्दै गएको
मानवअधिकारका घटनामा न्यूनिकरणका साथै ग्रामिण क्षेत्रमा मानवअधिकारको अवस्थाका
बारेमा जानकारि लिन तथा दिनका लागि “ग्रामीण क्षेत्रमा
मानवअधिकार विषयक सचेतना कार्यक्रम”
आज कास्कीको भरतपोखरी
गाविसमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा र
एम्नेष्टि इन्टरनेशनल समूह–८२ को संयुक्त आयोजनामा भएको कार्यक्रममा
बोल्ने अधिकांश वक्ताहरुले ग्रामीण क्षेत्रमा घट्ने मानवअधिकारका घटनामा कसैले पनि
चासो नदिएको गुनासो गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार
आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले मानवअधिकारका
कार्यक्रमहरु शहरमुखि भएकाले ग्रामीण क्षेत्रमा गरिएको यस्ता कार्यक्रमले प्रभाव
पर्ने बताउनुभएको थियो । उँहाले सबैले अधिकारसँगै कर्तव्यको कुरा भुल्न नहुनेमा
जोड दिदै समाजमा छुवाछुतका घटना,
बालबालिकाका घटना, महिलाका घटना बढेको भन्दै दुख व्यक्त गर्नुभएको थियो । अधिकारीले भरतपोखरी
गाविसलाई नमुना गाविस बनाउनुपर्ने भन्दै बढ्दै गएको घरेलु हिंसालाई न्यूनिकरण गर्न
लागि व्यक्ति आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा एम्नेष्टि इन्टरनेसनल
समूह–८२ का पूर्व संयोजक एवं सल्लाहकार पुण्य प्रसाद पौडेलले
आगामि दिनमा पनि ग्रामीण क्षेत्रमा नै यस्ता कार्यक्रमहरु गर्ने प्रतिबद्धता
जनाउनुभएको थियो । एम्नेष्टि इन्टरनेसनल समूह–८२ का संयोजक देवमणि
भण्डारीको सभापत्विमा भएको कार्यक्रममा नेकपा एमालेका यज्ञ प्रसाद अधिकारी, एकिकृत नेकपा
माओवादीका विश्वेश्वर हरामि, एम्नेष्टि इन्टरनेसनलका महिला संयोजक ज्योति
थापा, कार्यक्रम संयोजक टंक प्रसाद भण्डारी, डिल्लिराम अधिकारी लगायतका वक्ताहरुले यस्ता कार्यक्रमहरु ग्रामिण क्षेत्रमा
गर्नुपर्नेमा जोड दिनुभएको थियो । उद्घाटन कार्यक्रमपछि मानवअधिकारका बारेमा
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका ज्योतिप्रसाद घिमिरे र
एम्नेष्टि इन्टरनेशनलले मानवअधिकारको क्षेत्रमा खेल्ने भूमिका विषयमा इन्टरनेसनलका
शैक्षिक तथा तालिम विभाग प्रमुख हेमराज आचार्यले प्रशिक्षण दिनुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.