कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी इश्वर
राज रेग्मीले आफुहरुको मातहतबाट सरकारले शहिद परिवार तथा घाइते तथा बेपत्ता
परिवारलाइ प्रदान गर्दै आएको राहत वितरण कार्य भैरहेको र सरकारले थप गरे अनुरुप
सहयोग आउने क्रममा रहेको बताउनुभयो । सरकारले द्धन्द्ध पिडितलाइ प्रदान गर्ने राहत
उनीहरुले आशा गरेअनुरुप नहुने उल्लेख गर्दै आफुहरुको अधिकार प्राप्त गर्नका लागि
सदैव सरकारलाइ झस्काइरहन समेत उहाले आग्रह गर्नुभयो । जनआन्दोलन शहिद परिवार तथा
घाइते समन्वय समिति कास्कीका अध्यक्ष ढाकाराम पौडेलले सरकारले सत्य निरुपण आयोग
गठन तथा बेपत्ताको खोजी गर्नुको सट्टा अपराधीहरुलाइ हौसला दिएको आरोप लगाउनुभएको छ
। उहाले आफुहरुको आन्दोलनका कारण नेपालमा जारी निरंकुश राजतन्त्रको अन्त्य भएको
उल्लेख गर्दै तत्काल सत्यनिरुपण आयोग गठन गरी बेपत्ताको खोजी गर्न सरकारलाइ आग्रह
गर्नुभयो ।
सरकारले जनआन्दोलनका क्रममा दोषी ठहराइएकालाइ
आम माफी दिने प्रकृया शुरु गरेको उल्लेख गर्दै त्यसो गरिए ६ सय १ सभासदको हालत पनि
ज्ञानेन्द्रको जस्तै वनाउन जनता तयार रहने उहाकोे भनाइ रहेको थियो । राष्ट्रिय
मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखरा र जनआन्दोलन शहिद परिवार
तथा घाइते समन्वय समितिद्धारा संयुतm रुपमा पोखरामा आयोजित संक्रमणकालिन
न्याय र मानव अधिकार विषयक दुइ दिवशिय तालिमको समापन समारोहमा वोल्दै पौडेलले
सरकारले विस्तृत शान्ति सम्झौता अनुसार काम गर्न नसकेकोमा दुखेसो समेत र्गभयो ।
कार्यक्रममा वोल्दै शान्तिका लागि नागरिक समाज कास्कीका अध्यक्ष सुरेन्द्र थापा
मगरले जनआन्दोलनका क्रममा दोषी ठहरिएकाहरुलाइ राज्यले नभइ शहिद घाइते तथा बेपत्ता
परिवारले माफी दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चलका
निर्देशक यज्ञ प्रसाद अधिकारीको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ मानवअधिकार कर्मी द्धय टेकनाथ वराल र
नवदत्त ढुङ्गाना , एड्भोकेसी फोरम कास्कीका अध्यक्ष राम प्रसाद
घिमिरे, इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेल, महिला मानव
अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जुना कुमारी गुरुङ्ग, मानव अधिकार
कर्मी खगराज आचार्य, सामाजिक अध्ययन मञ्च कास्कीका टेक नाथ पौडेल ,
बद्रि
सुवेदी, सञ्चारकर्मी श्याम कुवर लगाएतले आ–आफ्नो धारणा
राख्नुभएको थियो । २ दिन सम्म सञ्चालन भएको उतm तालिममा
कास्कीमा रहेका जनआन्दोलन शहिद परिवार तथा घाइतेहरु गरी २७ जना सहभागी रहेका थिए ।
तालीमको सहजीकरण राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक यज्ञप्रसाद अधिकारी,
मानवअधिकार
अधिकृत बद्रि सुवेदी, यशोदा बञ्जाडे, इन्सेक
क्षेत्रीय कार्याय पोखराका कार्यक्रम संयोजक गणेश श्रेष्ठले गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.