नेपाल यातायात
स्वतन्त्र मजदुर संगठन पावर ट्याक्टर इकाईको भेला ‘‘अब बन्ने संविधान यातायात मजदुरको सामाजिक सुरक्षा र सम्मान”
भन्ने मुल नाराका साथ नेपाल यातायात स्वतन्त्र
मजदुर संगठनको सभाहलमा सोमबार सम्पन्न भयो ।
उक्त भेलाको
प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौवलागिरि अंचल सदस्य
नन्ललाल अधिकारीले अहिलेको जटिल अवस्थामा सम्पुर्ण ट्याक्टर मजदुरहरु नेपाल
यातायात स्वतन्त्र मजदुर संगठनमा एकतावद्ध हुन आहृान गर्नु भयो ।
कार्यक्रममा
संगठनका महासचिव रुद्र बहादुर खत्री, केन्द्रिय सदस्य तथा अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्ग, अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री, लगायतका अतिथिहरुले संगठनको बारेमा प्रष्ट
पार्दै भेलाको सफलताको कामना गर्नु भयो ।
उक्त भेलाले भुमि
राई को अध्यक्षतामा ७ सदस्यीय कमिटि गठन ग¥यो । जसको उपाध्यक्षमा अइत बहादुर कुमाल, सचिवमा दिपक श्रेष्ठ, कोषाध्यक्षमा प्रेमनाथ घरेल, सदस्यहरुमा क्रमश : राजु थापा,
थम बहादुर क्षेत्री, र राजु थापा मगर रहनु भएको छ । सोहि भलाले जिफण्ट
प्रतिनिधिमा ढक बहादुर गुरुङ्ग तथा सल्लाहकारमा दिनेश लाभाजु लाई चयन गरेको छ ।
भुमि राईको
अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन अन्चल सचिव कमल प्रसाद पौडेलले गर्नु भयो
। स्वागत मन्तव्य अंचल सदस्य कुमार आचार्यले गर्नु भएको कार्यक्रममा ७० जना ट्याक्टर मजदुरहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.