Sunday, January 8, 2012

शुभेच्छा सहकारीमा रेग्मी


शुभेच्छा बचत तथा ऋण सहकारी सँस्थाको १३ औँ वार्षिक साधारण सभाले दिपेन्द्र रेग्मीको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष विना लोहनी, सचिव नरेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष विकेन्द्रमान पालिखे र सञ्चालक सदस्यहरुमा नारायणप्रसाद सुवेदी, विष्णुकुमार श्रेष्ठ, सुरेन्द्रमान विजुक्छे, निन्द्रा आचार्य र पदेन सञ्चालकमा पूर्व अध्यक्ष दामोदर चालिसे, लेखासमिति संयोजकमा दिलीपकुमार रञ्जित सदस्य विज्ञान गौतम, दुर्गा पराजुलि, ऋण समिति संयोजक ओमकुमार मुल्मी, सदस्य हिराराम गिरि, चन्दन गिरि, शिक्षा समिति संयोजक बाबुराम गिरि, सदस्य रविन्द्र बाटाजु, होमनाथ पौडेल रहनुभएको छ ।


कार्यक्रमअघि आयोजित कार्यक्रमको उद्घाटन गर्दै सँस्थाका सल्लाहकारद्धय डा. यादवप्रसाद गौडेल र रामनाथ अधिकारीले सहकारीले पुजि वृद्धि गर्दै उत्पादनशिल क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सराङ्गकोट सञ्चार सहकारी सँस्थाका सचिव कृष्ण थापाले राष्ट्रको मेरुदण्डको रुपमा सहकारी रहेकोले सहकारीहरु गम्भिर भई लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सँस्थाका अध्यक्ष दामोदर चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा लेखापरिक्षक डा. वेदनाथ शर्मा, शेयर सदस्य बाबुराम गिरि, उपाध्यक्ष विना लोहनी, सचिव दिलिपकुमार रञ्जितकार, कोषाध्यक्ष मोक्षनाथ तिमिल्सिना, लेखा संयोजक केवल कोईराला लगायतका वक्ताहरुले आआफना धारण व्यक्त गर्नुभएको थियो । ७७४ जना शेयर सदस्यहरु रहेको सँस्थाको शेयर पुँजी १ करोड ६७ लाख, निक्षेप संकलन ५ करोड ४५ लाख र लगानी ७ करोड २९ लाख रहेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.