Sunday, January 1, 2012

क्यूपेक नेपाल वडा कमिटी ६ को चौंथो अधिवेशन शनिवार सम्पन्न अध्यक्षमा श्रेष्ठ


नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) वडा कमिटी ६ को चौंथो अधिवेशन शनिवार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) गण्डकी धौलागिरी अञ्चल अध्यक्ष यूवराज पौडेल तथा विशेष अतिथि क्यूपेक नेपाल केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ्गले निर्माण क्षेत्रमा काम गर्ने निर्माण मजदुरहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षाकोष आवश्यकता रहेको बताउनुभएको थियो ।
       उक्त अधिवेशनमा जिफण्ट अञ्चल सदस्य सूर्यमोहन सुवेदी, शिक्षा विभाग केन्द्रीय सदस्य विजया सुवेदी, जिफण्ट जिल्ला अध्यक्ष लिलाबहादुर कार्की, क्यूपेक इन्चार्ज डिल्लु थापा, क्यूपेक जिल्ला कमिटीका उपाध्यक्ष पुण्यप्रसाद उप्रेती लगायतका पदाधिकारी तथा सदस्यहरु, पोखरा र लेखनाथ नगर कमिटीका अध्यक्ष, पोखरा वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी, वडा कमिटी ६ का निर्माण मजदुरहरुको उपस्थिति रहेको थियो ।

       कनक अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत खगेश्वर पौडेल तथा कार्यक्रमको स.चालन जिल्ला सचिव शिव कुमार सापकोटाले गर्नुभएको थियो ।
       साथै अधिवेशनले २ वर्ष कार्यकालको लागि गोविन्दलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा खगेश्वर पौडेल, सचिवमा खड्गबहादुर बुढाथोकी, सहसचिवमा रुद्रबहादुर श्रेष्ठ, कोषाध्यक्षमा रामकाजी खड्का र सदस्यहरुमा तिलकबहादुर थापामगर, अर्जुन थापामगर, केदार श्रेष्ठ र इश्वर मगर रहनुभएको छ । त्यसैगरी जिफण्ट प्रतिनिधिमा ओमप्रसाद रिजाल, सल्लाहकार अध्यक्षमा कनक अधिकारी र बरिष्ठ सल्लाहकारमा सुरेन्द्र बुढाथोकी रहनुभएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.