Thursday, December 8, 2011

Rally for Disabled (अपाङ्गता जागरण र् यालि )



स्वार्थ भन्दा माथि सेवा भन्ने मूल आदर्शलाई आत्मसाथ गर्दै रोटरी क्लब अफ पोखराले १० डिसेम्बर शनिबारका दिन अपाङ्गता जागरण र् यालि गर्ने भएको छ ।
आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि उक्त र् यालि गर्न लागिएको जानकारि गराएको हो । पोखरा र यस आसपासका छिमेकी गाविसहरुमा रहेका आमा समूह, विभिन्न रोटरी क्लबहरुको सहभागितामा उक्त कार्यक्रम गर्न लागिएको उक्त कार्यक्रमका कार्यक्रम संयोजक बाबुराम बरालले जानकारि दिनुभयो । रोटरी क्लब अफ पोखराले विगत ३ वर्षदेखि अमेरिकाको डिस्ट्रिक ५०३० को सक्रियतामा रोटरी नेपाल अपाङ्गता जागरण अभियानको सुरुवात गरिएको क्लबका अध्यक्ष राजेन्द्र लिगले बताउनुभयो । प्रभातफेरि ¥यालि शनिबार दिउसो ११ बजे पोखराको मानवअधिकार चोकबाट सुरु भई सभागृहमा पुगेर समापन हुने बताईएको छ । र् यालि लाई सफल पार्न चलचित्र फाँटका महानायक राजेश हमालका साथै विभिन्न आमा समूह, रोटरीयनहरुको सहभागिता रहने समेत बताइएको छ । सो अवसरमा सुन्दर कुमार श्रेष्ठ, केदार पाण्डे लगायतले सबै आमासमूहहरु र् यालिमा सहभागि भई हामी सबै सक्षम छौँ भन्ने उद्घोष गर्न आग्रह गर्नुभएको छ ।

1 comment:

  1. Greetings from Finland. A blog is nice to get to know people from other countries, culture and nature. Come and see the pictures you Teuvo kuvat- Teuvo images of my blog and tell all your friends to my blog. Will be the same with your country's flag to higher flag collection in my blog Teuvo Vehkalahti Finland

    ReplyDelete

Please, comment about this article.