Friday, December 9, 2011

Discussion about Human Rights with Porter(भरियासँग मानवअधिकारका कुरा )


  ६३ औँ मानवअधिकार दिवसको सन्दर्भ पारेर भरियासँग मानवअधिकारका कुरा विषयक छलफल कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, इन्सेक क्षेत्रीय कार्यालय पोखरा, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की र मानवअधिकार एलाईन्सको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मजदुर तथा भरिया अधिकारबाट पिछडिएको भन्दै दुख प्रकट गर्नुभयो ।
उँहाले आफना हक अधिकार स्थापित गर्नका लागि आफै अग्रसर हुन समेत सबै मजदूर तथा भरियाहरुसँग आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले मजदुर र भरियाका हक अधिकार स्थापित गर्नका लागि आफूहरु लाग्ने बताउनै मजदुर र भरियाले आफना अधिकारसँग कर्तव्य पनि भुल्न नहुनेमा जोड दिनुभयो । शान्तिका लागि नागरिक समाजके सञ्जाल कास्कीका संयोजक सुरेन्द्र थापा मगरले पछिल्ला दिनमा मानवअधिकारका कार्यक्रमहरु पाँच तारे होटल र लञ्चमा हुने भएकाले पनि गरिब तथा मजदूरहरुले मानवअधिकारको बारेमा नजानेको बताउनुभयो । उँहाले मानवअधिकार दिवससँगै अबका दिनमा भरिया, मजदूहरुसँग मानजवअधिकारका कार्यक्रमहरु गरिने पनि स्पष्ट पार्नुभयो । सो अवसरमा मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीका उपाध्यक्ष राजेश पराजुलि, पत्रकार महासंघ कास्कीका सदस्य हुम तमु, शान्तिका लागि नागरिक समाजका पूर्व संयोजक खगराज आचार्य, एड्भोकेसि फोरम नेपालका रामप्रसाद घिमिरे, इन्सेक क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेल, आमा मिलन केन्द्रकी सदस्य निर्मला गुरुङ्ग लगायतका वक्ताहरुले मजदूरका हक अधिकारका लागि मानवअधिकारका कार्यमा लाग्ने संघसँस्थाहरु क्रियाशिल हुनेपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा विभिन्न मजदूरहरुले अधिकारका कुरासँगै आफूहरुमाथि भएको अन्याय र अत्याचारका बारेमा दुखित हुदै गुनासो गरेका थिए । कार्यक्रम शन्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक सुरेन्द्र थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.