सराङ्गकोट गा.वि.स.को १५ औं गाउँ परिषद् शनिवार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि सभासद् दुर्गा वि.क.ले गाउँ परिषद्को उद्घाटन गर्दै गाउँ परिषद्बाट पारित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको लागि जिविस र मन्त्रालयसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा गा.वि.स. सचिव विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०६७।०६८ को यथार्थ ९२ लाख ९५ हजार ८ सय ६३ रुपैयाँ ७५ पैसा, २०६८।०६९ को अनुमानित १ करोड ४ लाख ८१ हजार ६ सय ५५ रुपैयाँ ४६ पैसा र २०६९।०७० को प्रस्तावित १ करोड १० लाख २७ हजार २ सय २० रुपैयाँको बजेट पेश गर्नुभएको थियो । उक्त कार्यक्रममा एनेकपा माओवादीका भरतमणि पराजुली, नेकाका शमशेरबहादुर थापा, नेकपा एमालेका बेलबहादुर थापा, राप्रपाका रामबहादुर थापा, स्थानीय समाजसेवीहरु सूर्यबहादुर खड्का, झपटबहादुर थापा तथा शिवप्रसाद कोइराला लगायतले बोल्नुभएको थियो ।
गाविस सचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डिलबहादुर जि.सी. तथा कार्यक्रमको संचालन रुद्रप्रसाद बस्ताकोटीले गर्नुभएको थियो ।
>> सराङ्गकोट गा.वि.स.को १५ औं गाउँ परिषद् सम्पन्न - 15th General Coucil of Sanrangkot VDC completes

No comments:
Post a Comment
Please, comment about this article.