२०४८ सालमा स्थापित जनप्रिय बहुमुखी क्याम्पसको आज २१औं वार्षिकोत्सव सम्पन्न भएको
छ । संस्थापक प्राध्यापक समूह र पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय बहुमुखी क्याम्पस
इकाइको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाका प्राध्यापक समूहका
संयोजक डा. मानबहादुर केसीले गर्नुभएको थियो ।
जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक
प्राध्यापक एवं पृथ्वीनारायण बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेशबहादुर
गुरुङले प्रमुख अतिथिको मन्तव्य दिंदै असहज वातावरणलाई सकात्मक पहल गरी समाधान गर्नतर्फ
सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो । उक्त अवसरमा संस्थापक प्राध्यापक बालगोपाल
अमात्य, पूर्व क्याम्पस प्रमुख
एवं संस्थापक प्राध्यापक भोजराज ओझा, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय इकाइका सदस्य लोकराज
भण्डारी, उपप्राध्यापक देवीलाल शर्मा, कर्मचारी संघ जनप्रिय क्याम्पस
इकाईका उपाध्यक्ष राधादेवी पौडेल लगायतका व्यक्तिले शुभकामना मन्तव्य व्यक्त गर्दै
क्याम्पसको दीगो विकासका लागि इमान्दार नेतृत्व विकासको खाँचो रहेको औंल्याउनुभयो ।
शुभकामना मन्तव्य राख्दै विद्यार्थी प्रतिनिधिहरुमा नेविसंघका महेन्द्र भट्टराई
तथा अनेरास्ववियू क्रान्तिकारीका सन्तोष आचार्यले कार्यक्रमको सफलताको कामना तथा क्याम्पसको
सकारात्मक छवी विकासका लागि सबै पक्षको इमान्दार सहभागिताको खाँचो औंल्याउनुभएको थियो
।
वार्षिकोत्सवका क्रममा विद्यार्थी हित शाखा प्रमुख भानभुक्त कँडेलले वार्षिकोत्सव
सप्ताह अन्तर्गत सञ्चालित खेलकुद तथा विविध कार्यक्रमका विजयी विद्यार्थीहरुका नामावली
वाचन गर्नुभएको थियो भने क्याम्पस प्रशासनले छुट्टै कार्यक्रमको आयोजना गरी बिजेताहरुलाई
पुरस्कार वितरण गर्ने जानकारी गराइएको थियो ।
सामुदायिक क्याम्पसहरुमध्येबाट विश्व विद्यालय अनुदान आयोग अन्तर्गत दोश्रो उच्च
शिक्षा परियोजनामा छनौट भएको यस क्याम्पसमा केही दिन अगाडि सामान्य गतिरोध देखिए पनि
पठनपाठन तथा प्रशासनिक कार्य निरन्तर सुचारु रहेको छ ।
>> जनप्रिय बहुमुखी क्याम्पसको २१औं वार्षिकोत्सव - 21st Anniversary of Janapriya Multiple Campus, Pokhara
No comments:
Post a Comment
Please, comment about this article.