Saturday, December 10, 2011

63 th International Human Rights Days(६३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस)

आज १० डिसेम्बर अथार्त अन्तर्राष्ट्रिय मानवअधिकार दिवस, कास्कीमा पनि बिभिन्न कार्यक्रम गरी  मनाईदै छ । ६३ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार बिहान प्रभातफेरिर् यालि सम्पन्न भएको छ । पोखराको सभागृहचोकबाट सुरु भएको र् यालि न्यूरोड, विपिचोक हुदै  मानवअधिकारचोकमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै कास्की जील्लाका सहायक प्रमुख जील्ला अधिकारी इश्वरराज रेग्मीले मानवअधिकारका कुरा बुझन आवश्यक रहेको बताउनुभयो ।
नागरिकले अधिकारका कुरा मात्र नगरेर आफूले गर्ने कर्तव्यलाई पनि भुल्न नहुनेमा जोड दिनुभयो । सो अवसरमा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मानवअधिकार सबैले मनाउनुपर्ने भन्दै मानवअधिकारलाई दिवसमा मात्र समेट्न नहुने बताउनुभयो । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक सुरेन्द्र थापा मगरले पछिल्लो पटक सरकारले ओएचसिएआरको म्याद नथप्दा आफूहरुलाई शंका उत्पन्न भएको बताउनुभयो । उँहाले शान्ति र संविधानको काम पुरा नभएसम्म ओएचसिएचआरलाई नेपालमा राख्नुपर्नेमा जोड दिनुभएको थियो । कास्कीका रहेका विभिन्न मानवअधिकारका संघ सँस्थाहरुको संयुक्त आयोजनामा भएको प्रभातफेरि र् यालिमा करिब ५०० जनाको उपस्थिति रहेको थियो । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा मानवअधिकार एलाईन्सका मञ्जु नेपाली, महिला मानवअधिकार रक्षक सञ्जालकी जुनाकुमारी गुरुङ्ग, इन्सेक क्षेत्रीय कार्यालय पोखराका निर्देशक शिव खकुरेल लगायतका वक्ताहरुले आ–आफना धारणा राख्नुभएको थियो । भने शनिबार साँझ नै राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चाल पोखराको आयोजनामा शहीदचोकमा दीपावली कार्यक्रम हुने आयोगका क्षेत्रीय निर्देशक यज्ञप्रसाद अधिकारीले जानकारि दिनुभएको थियो ।





No comments:

Post a Comment

Please, comment about this article.