१) गुण्डागर्दी तथा लागु औषध नियन्त्रणको सिलसिलामा मिति २०६८।०५।२६ गते यस कार्यालयका प्र.नि. रविन्द्रमान गुरुङ्गको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले दाङसिङ–६, साक्र्यु घर भै पोखरा उप.म.न.पा. वडा नं. – १६ दिप बस्ने वर्ष ३२ को बिष्णु गुरुङ्गलाई पोखरा उप.म.न.पा. – १ ट्याक्सीचोक नजिक शंकास्पद रुपमा हिडीरहेको अवस्थामा निजको शरिर तलासी गर्ने क्रममा निजको साथबाट PISTOL AUTO 9mm I.A., No. 16319361 लेखिएको पेस्तोल थान १, एै. म्याग्जिन थान १ र एै. को गोली राउण्ड ३ सहित निजलाई पक्राउ गरिएको ।
२) विष्णु गुरुङ्गसँग सोधपूछ गर्दा निजले उक्त पेष्तोल कास्की जिल्ला, दाङसिङ ६, साक्र्यु घर भई हाल पोखरा–११, रानिपौवा बस्ने बर्ष २६ को सुनिल गुरुङले राख्न भनि दिएको र आफुले मात्र राखि दिएको बयान ।
३) सुनिल गुरुङलाई पक्राउ गरि सोधपूछ गर्ने क्रममा निजलाई उक्त पेष्तोल अनिकोट–९, काभ्रे घर भै हाल पोखरा एयरपोर्ट–८ बस्ने गणेश लामाले राख्न भनि दिएको र आफूसँग राख्दा अप्ठ्यारो पर्ने ठानी विष्णु गुरुङलाई राख्न दिएको बयान ।
४) गणेश लामालाई पक्राउ गरी सोधपूछ गर्दा निजलाई उक्त पेष्तोल पोखरा १६, महेन्द्र गुफा बस्ने निशान छन्त्यालले ल्याई राख्न दिएको र आफूसँग राख्न नहुने ठानी सुनिल गुरुङलाई दिएको बयान । (निशान छन्त्यालको खोजतलास भइरहेको।)
५) यसरी पक्राउ परेको PISTOL AUTO 9mm I.A., No. 16319361 लेखिएको पेष्तोल कुवेर सिंह पुनद्वारा सशस्त्र प्रहरी महाविद्यालय, लामपाटनबाट लगेको प्रमाणित भएको ।
६) त्यसै गरी पोखरा नगरभित्र लागुऔषध ब्रुफ्रिननर्फिन र नाइट्रोभ्याटको विक्री वितरण गर्ने कार्यमा संलग्न म्याग्दी जिल्ला, देविस्थान–३ घर भै कास्की, हेम्जा बस्ने वर्ष २५ को मनोज पुनलाई मिति २०६८÷०५÷२६ गते याम्दीबाट लागुऔषध ब्रुफिन नर्फिन १७, डाइजापाम १७, फेनारगन १७ र नाइट्रोसन ट्याबलेट १० चक्की सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको ।
No comments:
Post a Comment
Please, comment about this article.