“तपाईको पसल÷घर अगाडिको सडक निजी पार्किङ्ग होइन त्यसलाई निजी पार्किङ्ग बनाई अव्यवस्थित नबनाउ”
पोखरा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशकै नमूनाको रुपमा विकसित गर्दे जाने र पर्यटकीय नगरी पोखराको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउनको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजना, र पोखरा बस तथा ट्याक्सी व्यवसायी समितिको सहआयोजनामा पोखराका विभिन्न १६६४ स्थानहरुमा, CITY BUS STAND, त्यतिकै संख्यामा रंगिन बस पकेट (Color Bus Pocket) र १०० भन्दा बढी स्थानमा जेव्रा क्रसिङ्ग (Zebra Crossing) बनाउने कार्यक्रम आज मिति २०६८/०४/०४ गते बिहान ०८ः३० बजेको समयमा पोखरा न्यूरोडमा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्र कान्त अर्यालको आथित्यता र प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाको विशिष्ट आतिथ्यतामा सडकमा रिवन काटी कलर बस पकेटमा गाडी प्रवेश गराई संयूक्त रुपमा उद्घाटन गरियो । पोखरा बस समितिका अध्यक्ष बम बहादुर गुरुङ्गको अध्यक्षता र ट्राफिक प्रमुख प्र.नि. होविन्द्र बोगटीले संचालन गर्नु भएको उक्त कार्यक्रममा ट्याक्सी व्यवसायी समितिका गान्धिराज गिरीले स्वागत मन्तव्य, उपभोक्ता मञ्चलका अध्यक्ष कपिल कोइराला , नगर समितिका जित बहादुर गुरुङ्ग, एमालेका अध्यक्ष मान ब. जि.सी., काँग्रेस सभापति यज्ञ बहादुर थापाले समेत मन्तव्य राख्नु भएको थियो । सो क्रममा प्रमुख जिल्ला अधिकारी ज्यूले ट्राफिक व्यवस्थापनमा
सबै पक्षले उतिकै भूमिका खेल्नु पर्ने र फुटपाथको समेत व्यवस्थापन गरिनु पर्ने धारणा राख्नु भयो । साथै प्रमुख अतिथि ज्यूबाट ट्राफिक नियम ट्राफिक प्रहरीको लागि होइन यो त प्रयोगकर्ताको लागि हो तसर्थ सबैले ट्राफिक नियमको पालना गरि व्यवस्थित शहरको निर्माण गर्नु पर्ने र पोखराको ट्राफिक व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी बनाउन सहयोग गर्ने मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न पेशा, व्यवसायी, सरकारी कार्यालयका कार्यालय प्रमुख लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको लागि बर्जर पेन्टले १०० वोर्ड सौजन्य उपलव्ध गराएको र पोखरा स्थिति विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले प्रत्येकले ५ वटा देखि २० वटा सम्म वोर्ड, रोटरी क्लवले न्यूरोडमा लाग्ने सम्पूर्ण बोर्डहरु उपलव्ध गराएको र अन्य विभिन्न संघ संस्थाहरुले पनि सौजन्य स्वरुप वोर्ड उपलव्ध गराउने प्रतिवद्धता जनाउनु भएकोले आगामी ३ महिना भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको । पहिलो चरणमा न्यूरोडमा र नयाँबजारमा वोर्ड गाड्ने काम सम्पन्न भएको र यसलाई निरन्तरता दिईने । साथै यो कार्यक्रम पश्चात पोखरामा माईक्रो बस तथा सिटी बसबाट हुने दुर्घट्ना नियन्त्रण हुने विश्वास लिईएको छ ।
No comments:
Post a Comment
Please, comment about this article.