नेपाल यातायात व्यवशायी राष्ट्रिय महासंघको निर्वाचनमा अध्यक्ष पदमा योगेन्द्र कर्माचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । कर्माचार्य आगामी तेश्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो । पोखरामा सम्पन्न अधिवेशनबाट ३ वरिष्ठ उपाध्यक्षमा केदार वहादुर खत्री , विजय वहादुर स्वार र श्रीप्रसाद मैनाली विजयी हुनुभएको छ ।
महासचिवमा डोलराज खनाल विजयी हुनुभएको छ । त्यसैगरी उपाध्यक्ष पदमा दिपक अधिकारी, रामप्रसाद सुवेदी , छत्रवहादुर वस्नेत, पुष्पा श्रेष्ठ, र लिलादेवी श्रेष्ठ विजयी हुनुभएको छ । उप महा सचिव पदमा हरिसचन्द्र केसी र कृष्णकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सचिव पदमा श्रृषिकेश घिमिरे र शुरेस हमाल विजयी हुनुभएको छ । कोषाध्यक्ष पदमा भने पुण्यप्रसाद सिटौला विजयी हुनुभएको छ ।
वर्गीय संयोजक पदमा बसतर्फ ज्ञानेन्द्र श्रेष्ठ विजयी हुनुभएको छभने मिनीवसतर्फ सुरकृष्ण वैद्य विजयी हुनुभएको छ । त्यसैगरी भ्यान टेक्टर पावर टेलर मिनी ट्रकबाट गोकर्ण कार्की , ट्याक्सीवाट पोखरा ट्याक्कसी व्यवशायी समितीका अध्यक्ष गान्धी राज गिरी विजयी हुनुभएको छ । तीन पाङ्ग्रे टेम्पोमा भने दामोदर शाही विजयी हुनुभएको छ । पर्यटकीय तर्फवाट पुरुषोत्तम सिंखडा विजयी हुनुभएको छ ।
क्षेत्रिय संयोजक पदमा पश्चिमाञ्चलवाट धर्मराज अधिकारी , पूर्वाञ्चलवाट हरिनारायण यादव, सुदुरपश्चिमाञ्चलवाट होमवहादुर कुवर, मध्यमाञ्चलको लागि रामहरि श्रेष्ठ र मध्यपश्चिमाञ्चलवाट शोभाखर पौडेल विजयी हुनुभएको छ ।
No comments:
Post a Comment
Please, comment about this article.