नेकपा एमाले भरतपोखरी गाउँ कमिटीको सातौं गाउँ अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि नेकपा एमाले कास्की अध्यक्ष मानबहादुर जिसीले अधिवेशनको उद्घाटन गर्दै तीन राजनीतिक दलले समय थपेर भए पनि अब छिट्टै संविधान बनाउने बताउँदै राष्ट्रिय सहमतिको बाटोबाट मुलुक शान्ति र संविधान प्राप्तिको बाटोमा पुग्ने आशा व्यक्त गर्नुभयो ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य युवराज पौडेलले पार्टीलाई निरन्तर जनताबाट अनुमोदित गराउन पार्टी कार्यकर्ता लगातार पार्टी काममा सकृय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य एवं मुक्ति समाज कास्की कोषाध्यक्ष जगनाथ वि.क., क्षेत्रीय कमिटी सदस्य मनोहर आचार्य, अनेरास्ववियू जिल्ला सदस्य तिलक लामिछाने लगायतले बोल्नुभएको थियो । सहिद तुलराज आचार्यको १९ औं स्मृति दिवसमा वहाँको फोटोमा पुष्पार्पण गरी कार्यक्रममा शुभारम्भ भएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.