Friday, May 20, 2011

पोखराको शान्ति नगरमा बाघ भेटियो


पोखरा ७ शान्ति नगर स्थित राम बहादुर पौडेलको पोखरा गार्डेनमा बाघ भेटिएको हो । विहान ७ बजे तिर पौडेलको परिवारले बाघ देखे पछि वरपर हल्लाखल्ला भएको थियो । बाघ मानिसको आवत जावत बढे पछि गार्डेनको बगैचाको कुनामा लुकेको थियो ।

बाघ देखिए पछि शुरक्षा कर्मी र बन कार्यालयका कर्मचारी त्यँहा पुगे पनि उनिहरुले बाघलाई त्यहाँबाट लैजान सकेका थिए नन् । बाघ आएको थाहा पाए पछि मानिसहरुको ठुलो घुइचो लागेको थियो । मानिसहरुको भिडभाड पछि बाघ गार्डेनको कुनाबाट फुत्त निस्केर बाटो पारि भएको बासँको झयाङ्गमा पसेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.