पोखरा गैरापाटनमा रहेको फिस्टेल हस्पिटल प्रालिले थप सेवा विस्तार गर्दै शनिबार देखि आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । सात्रिय बिधिपुर्वक वास्तुपुजा, रुद्री पुजा गरी निमार्णधिन भवनमा आफ्नो सेवा संचालनमा ल्याएको हस्पिटलका अध्यक्ष डाक्टर प्रदिप घिमिरेले बताउनु भयो ।
हस्पिटलमा २१ जना बिशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरीने भएको छ । हस्पिटलमा एक सय सैयाको सेवा संचालनमा ल्याएको हस्पिटलले जनाएको छ । यस अघि हस्पिटलले भाडामा सेवा संचालन गर्दा सडक वारी तथा पारि गरी सेवा संचालन गर्दै आएको थियो ।
सात करोडको लागतमा निमार्ण हुन लागेको ५ तले ७२ कोठे पक्की भवन आगामी ६ महिलामा उक्त निमार्ण कार्य पुरा हुने प्रालिका अध्यक्ष घिमिरेले बताउनु भयो । २०५५ साउन एक गते २० वटा शैयाबाट सेवा सुरु गरेको हस्पिटलले २०६१ मा ५० शैया र अब देखि एक सय शैयामा सेवा प्रदान गर्ने भएको हो । ७२ जना कर्मचारीहरु रहेको हस्पिटलमा ६ महिना भित्र ७२ वटा कोठाहरु निमार्ण हुदैछन्।
No comments:
Post a Comment
Please, comment about this article.