Friday, May 20, 2011

आनन्दज्योतिमा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन


लेखनाथ नगरपालिका बेगनासस्थित आनन्दज्योती माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन गरिएको छ । अनेरास्ववियुको जिल्ला विद्यालय जागरण अभियानको क्रममा प्राक गठन गरिएको हो । विद्यालयमा विजय अधिकारीको अध्यक्षतामा १ सय ८५ सदस्स्यि नयाँ कार्यसमिति चयन गरिएको छ ।

कमिटिको उपाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा ईन्दिरा तिमिल्सिना, कोषाध्यक्षमा सुनिता परियार र सहसचिवमा सुवास सुवेदी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कविता अधिकारी, आकृति अधिकारी, सुवास तिवारी, सन्तोष तिवारी चयन भएका छन् ।

No comments:

Post a Comment

Please, comment about this article.