Saturday, May 7, 2011

खगेन्द्र थापा मगर प्रतिष्ठानले सम्मान


खगेन्द्र थापा मगर प्रतिष्ठानको तेस्रो साधारण सभाको अवसरमा एक दर्जन ब्यतिहरुलाई सम्मान गरिएको छ । प्रतिष्ठानले खगेन्द्र थापामगरलाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सहयोग पु¥याएको भन्दै विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको हो । 
                     
सम्मानीत हुनेहरुमा पश्चिमान्चल क्षेत्रिय अस्पतालका सुपरिटेन्डेन्ट डा. बुद्धि बहादुर थापा, डा.हुमप्रसाद न्यौपाने, पत्रकार दिननाथ वराल, अनिल राना, वद्रिनिधि घिमिरे, विप्लव पौडेल, पवित्रा थापामगर, लालबहादुर गुरुङ, मनवहादुर थापा, मोहन थापामगर, धनकुमारी थापा, पद्यम के.सि लगायतलाई सम्मान गरेको हो ।
सम्मानित ब्यतित्वलाई क्षेत्रिय प्रशासक अर्जुनबहादुर भण्डारीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो  । त्यस्तै सोहि अवसरमा खगेन्द्र थापा मगरलाई गिनिज वुक अफ दि रेकर्डमा नाम लेखाउन सन्चारममाध्यमहरुको सवैभन्दा ठुलो भुमिका रहेको भन्दै विभिन्न सन्चारमाध्यमहरुलाई पनि प्रशंशा पत्र प्रदान गरिएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.