स्वास्थ्य शिक्षाको बारेमा चेतना मात्रै भएर नहुने तर त्यसलाई ब्यवहारमा उत्तानुपर्नेमा आज पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले स्वाथ्यका बारेमा पाएका जानकारी जीवनमा ब्यवहारीक रुपमा उत्तान सकेमात्रै शिक्षाको सार्थकता रहने समेत बताए ।
सामुदायिक स्वास्थ्य सर्वेक्षण तथा सामुदायिक संगठन अध्ययन समुह पृथ्वीनारायण क्याम्प शिक्षा शास्त्र सङकाय अन्र्तगत एम.एमड दोस्रो बर्ष समुह सी का विद्यार्थीहरुले आयोजना गरेको स्वास्थ्य, शिक्षा आजको आश्वयकता सामुदायिक स्वास्थ्य परिक्षण प्रस्तुतीकरण तथा स्वास्स्थ्य शिक्षा विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले त्यस्तो बताएका हुन् ।
कार्यक्रमा पृथ्वीनारायण क्याम्पस स्वास्थय शिक्षा, शारिरिक तथा जनसंख्या प्रशिक्षण सहायक कृष्णप्रसाद त्रिपाठीले स्वास्थ्य नै मानिसको धन भएकाले सिकेका कुरा जीवनमा उत्तानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पृथ्वीनारायण क्याम्पस प्रशिक्षक सहायक केशवराज वाग्ले, पुम्दीभुम्दी गाविस सचिव गुरुप्रसाद पौडेल, पोखरा स्वास्थ्य चौकी पुम्दीभुम्दीका तुलसीराम बराल संजिव निरौला, निरजा शर्मा लगायतले स्वास्थ्यका बारेमा चर्चा गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.