Tuesday, May 17, 2011

एमाले वडा कमिटी पोखरा–७ को अध्यक्षमा रेग्मी


नेकपा एमाले वडा कमिटी पोखरा७ को आठौं अधिवेशनको शनिवार जिल्ला कमिटी अध्यक्ष मानबहादुर जिसीले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै जि.सी.ले नेपालको राजनीतिमा स्थिरता नभएसम्म शान्ति र विकास असम्भव भएको बताउँदै राजनीतिक दलहरु जस्तोसुकै मुल्य चुकाएर भएपनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।

गण्डकी अञ्चल सदस्य सृजना शर्माले पार्टी नेताहरुको फरक फरक दृष्टिकोणले कार्यकर्ताहरुलाई अन्यौल बनाएको बताउँदै पार्टीलाई एकताबद्ध बनाउन कार्यकर्ताहरुको सक्रियता आवश्यक रहने बताउनुभयो ।
           
कार्यक्रममा एनेकपा माओवादीका प्रतिनिधि कमला रानाभाट, नेपाली काँग्रेसका प्रतिनिधि विष्णुप्रसाद बराल र सरोज बराल, मानवअधिकारकर्मी रामबहादुर पौडेल, वडा कमिटी पोखरा ५ का अध्यक्ष उज्वल खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको बन्दसत्रले पुरुषोत्तम रेग्मीको अध्यक्षतामा १५ सदस्यीय नेकपा एमाले वडा कमिटी पोखरा७ गठन गरेको छ । कमिटीको उपाध्यक्षमा टिकादेवी अधिकारी, सचिवमा लिलाभक्त बराल, उपसचिवमा ललित गौचनलाई चयन गरेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.