Friday, May 13, 2011

एउटै मञ्चमा पोखराका क्रियाशिल ४७ जना पत्रकार सम्मानित


नेपाल पत्रकार महासंघ संघर्ष समिति कास्कीले आज ४७ जना क्रियाशील  पत्रकारहरुलाई सम्मान गरेको छ । अधिवेशनको माग गर्दै संघर्ष समितिले शुरु गरेको आमरण र रिले अनसनमा सहभागि ४७ जना पत्रकारहरुलाई  आज एक विशेष कार्यक्रम गरि सम्मान गरिएको हो ।
 सम्मानित हुनेहरुमा  अनशनमा सहभागि  नवीन सिग्देल, ओम हमाल, विनोद लामिछाने, प्रकाशचन्द्र सापकोटा,  दुर्गादेवी बाँस्तोला, निरु केसी , अमृत घिमिरे , ऋषि बराल, विजया आचायर्, शिव शर्मा, लक्ष्मीनारायण देवकोटा, दुर्गा अधिकारी, प्रदीप पौडल, हरिप्रसाद भट्टराई , कमल पराजुली, राजेन्द्र अधिकारीलाई सम्मान गरिएको छ ।
 त्यसैगरी रोहितराज पराजुली, राजेश पराजुली  कमल सुवेदी, विष्णु सिग्देल , दिलिप राई, गुप्तप्रसाद शर्मा, एमवी आस्था , राजन उपाध्याय , राजाराम पौडेल, वीरेन्द्र सापकोटा, माधव बराल, जीवन सुवेदी, छवि मगर, सन्तोष पोखरेल , नोमराज गुरुङ आरजु विष्ट, मोतिसागर अधिकारी, गीता विष्ट, शान्ति सुनार , भुपाल गुरुङ, शिशिर पौडेल, लक्ष्मीप्रसाद पौडेल, अर्जुन बस्नेत, नवीन के.सी, हरिराम भण्डारी, दिपक ओझा , हरि पन्त, सागरराज तिमिल्सिना , ईश्वर भट्टराइ,  लिना गुरुङ , कविता श्रेष्ठ, दिननाथ बराल र विष्णु गौतमलाई सम्मान गरिएको हो ।
 त्यसैगरी दलगत संगठनबाट अलग रहि स्वतन्त्र रुपमा पत्रकारीता गर्ने घोषणा गर्नु भएका पत्रकारहरु विजय नेपाल र वि.वि आलेलाई पनि सम्मान गरिएको हो । प्रमुख अतिथि प्रेस स्वतन्त्रताका सेनानी केशवराज पराजुली र समितिका संयोजक कृष्णप्रसाद बास्तोलाले सम्मानपत्र सहित खाँदा लगाएर सम्मान गर्नुभएको थियो ।
 गत वैशाख ६ गते प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका केहि व्यत्तिहरुले अधिवेशन नै नगरी दलिय भागवण्डाबाट पार्षद र कार्य समिति चयन गरेपछि सो कदम विरुद्व पोखराका एक सय ६० जना  पत्रकारहरु अधिवेशनको पक्षमा उभिएर संगठित भएका छन् । अधिवेशनको माग गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाण्डौमा सुरु गरिएको आमरण अनसन अधिवेशन जेठ १५ भित्र गर्ने सम्झौता भएपछि तत्काललाई स्थगित गरिएको थियो
 अवैधानिक  कदमका विरुद्वमा वैशाख ७ गते नै पोखराका क्रियाशिल पत्रकारहरुले नेपाल पत्रकार महासंघ कास्कीमा गरेको तालावन्दि जारी नै रहेको छ । त्यसैगरी अवैधानिक तवरबाट गठन गरिएको जिल्ला कार्य समिति र पार्षदहरुको खारेजी तथा अधिवेशनको मागगर्दै पुनरावेदन अदालत पोखरामा दिइएको रिट निवेदन उपर बैशाख १६ गते अदालतले १५ दिनभित्र विपक्षी नेपाल पत्रकार महासंघ कास्की र अवैधानिक अध्यक्ष बद्रि विनोद प्रतिकका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।
 साथै आजै सम्मपन्न भेलाले अवैधानिक कार्य समितिले स्वः गजेन्द्र भण्डारी पत्रकारीता पुरस्कार छनोट समिति गठन गरेको भन्दै विरोध समेत जनाएको छ । समितिले विवादित समितिले पत्रकार महासंघका नाममा वितरण गर्ने पुरस्कार कार्यक्रममा विरोध गर्ने समेत निणर्य भेलाले पारित गरेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.