नया वन्ने संविधानमा विभिन्न आदिवाशी जनजातीहरुले आफ्नो हक र अधिकार सुनिश्चतताको लागि निर्माण भएको जातिय स्वायत्तताका लागि संयुत गठवन्धनमा आवद्ध पार्टी संगठनहरुले बुधवार पोखरामा अन्तरक्रिया कार्यक्रम गरेका छन । अखिल नेपाल आदिवाशी जनजाती महासंघ एकीकृतको आयोजनामा सँम्पन्न जातिय स्वायत्तता र संघीयताका लागि संयुत गठवन्धन विषयक अन्तरक्रियामा वोल्ने अधिकांश व्यातिहरुले जातिय स्वायत्तताका लागि सवै जनजातीहरु एक जुट हुनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा वोल्दै सभासद एवम जातिय क्षेत्रिय महासंघका महा–सचिव सुरेस आले मगरले विभिन्न पार्टीहरु सम्मिलित संयुत गठवन्धनले संघियताको वारेमा वोलिरहदा संघीयता विरोधीहरुले आफुहरुको विरोध गर्दै हिडेकोमा आक्रोस व्यक्त गर्नुभयो । उहांले एकात्मक राज्य व्यवस्थाले मुलुक टुक्रिने वताउदै संघीयतामा नै जानुपर्नेमा जोड दिदै संघियता विरोधीहरुलाई संघियताको पाठ सिक्न आग्रह गर्नुभयो ।
त्यस्तै राष्ट्रिय जनमुतिm पार्टीका अध्यक्ष अटलमान राईले अन्तरिम संविधान अनुसार धर्मनिरपेक्षता घोषण भएतापनि पुरानै सामाजिक मुल्य र मान्यताले प्रश्रय पाइरहेको वताउनुभयो । हिन्दु राज्यअनुसारनै संस्कृती र रहनसहनले प्रश्रय पाईराखेकाले आदिवासी जनजातीहरुले विभिन्न क्रियाकलापहरु गर्दा विनाकसुर कानुनको घेरामा वसिरहनुपरेको वताउदै उहांले यही क्रम अगाडी वढेमा आफुहरु चुपलागेर नवस्ने वताउनुभयो ।
त्यस्तै नेकपा एकीकृतका पोलिटव्यूरो सदस्य तथा जातिय मामिला विभागका प्रमुख केबी गुरुङ्गले आदिवासी जनजातीहरु आफ्नो हक हितको लागि दलगत स्वार्थमा नलागी सवै जातजातीहरु एकजुट भएर अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो ।
No comments:
Post a Comment
Please, comment about this article.