Thursday, September 2, 2010
लायन्स क्लब अफ पोखरा मुनाल द्धारा यूरोगार्ड तथा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ पोखरा मुनाल द्धारा पोखरा–१, टुडिखेल स्थित बालज्योति प्रा.वि.लाई आज एक कार्यक्रमका बिच यूरोगार्ड तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमका सभापति तथा लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष एम.जे.एफ. ला. चन्द्रबहादुर कुँवर तथा प्रमुख अतिथि अस्मिता स्टेशनरीका प्रोपाइटर श्री भगवान पोखरेलले विघालय व्यवस्थापन समितिका अध्यक्ष श्रीमती शारदा पराजुली तथा विघालयका प्र.अ. श्री रमेश प्रसाद अधिकारीलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरियो । कार्यक्रममा ध्वजाको वन्दना ला. राजन गोङजुले स्वागत तथा कार्यक्रम बारे जानकारी क्लबका द्धितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक ला. तेजनारायण पराजुलीले गर्नु भएको थियो । उक्त कार्यक्रममा मन्तव्य क्लबका प्रथम उपाध्यक्ष ला. राजु अधिकारी, विघालयका प्र.अ. रमेशप्रसाद अधिकारी, विघालय व्यवस्थापन समितिका श्रीमती शारदा पराजुली, क्लबका अध्यक्ष ला. चन्द्रबहादुर कुँवर, प्रमुख अतिथि श्री भगवान पोखरेल तथा क्लबका सचिव दिलिप सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा विघार्थीहरुलाई मिठाई वितरण गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.