Sunday, August 1, 2010
नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन
नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कार्यक्रममा केन्द्रीत भएको छ । पार्टी विधानले व्यवस्था गरेको नयाँ प्रावधान अनुसार कास्कीबाट ४ जना राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य चयन हुँदैछन् । प्रत्येक निर्वाचन क्षेत्रबाट १/१ जनाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको प्रतिनिधित्व गर्नेछन् । नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कमिटीले निम्नानुसार निर्वाचन मिति र उमेदवारी दर्ताको कार्यक्रम अघि सारेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ को निर्वाचन साउन २१ गते, निर्वाचन क्षेत्र नं. २ को निर्वाचन साउन १९ गते, निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन साउन १७ गते, निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन साउन २३ गते दिनको ११:०० बजेदेखि ३:०० बजेसम्म हुनेछ । उमेदवारी दर्ता प्रत्येक निर्वाचन क्षेत्रको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका उमेदवारले निर्वाचन हुने अघिल्लो दिनको ११:०० बजेदेखि १:०० बजेसम्ममा कमिटी समक्ष आवेदन दर्ता गरिसक्नु पर्नेछ । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका लागि नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ३ अन्तरगतका नगरका वडा, गाउँ र बुद्धिजीवी, मजदुर विशेष इलाकाका सबै शाखाहरुको प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भएका छन् । त्यसैगरी क्षेत्र नं.१, २ र ४ का स्थानीय कमिटीबाट पनि निर्वाचनका लागि प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भैरहेका छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.