Friday, July 23, 2010
Hemraj ghital was killed in Dang by gun
दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजको बिहिबार साँझ गोलि हानी हत्या भएको छ । दाङको रेडियो तुलसीपुर एफएमका अध्यक्ष समेत रहेका धितालको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । धिताललाई बिहिबार साँझ पौने ८ वजे तिर अज्ञात समुहले उरहरी गाविसको जसपुर भन्ने स्थानमा गोली प्रहार गरेको थियो । धितालको छातीमा गोली लागेको चिकित्सकहरुले वताएका छन् । गोली प्रहारवाट घाईते भएका संचार उद्यमी धितालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । हत्या कसले र किन गरेको भन्ने वारे थाहा हुन सकेको छैन । प्रहरीले घटनावारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.