विगत १ महिनामा यस कार्यालयमा चोरीमा संलग्न १२ जनालाई चोरी मुद्धामा , लागू औषध बेचविखन तथा सेवनमा संलग्न रहेका ३७ जनालाई लागू औषध मुद्धामा, सार्वजनिक स्थानमा शान्ति सुरक्षामा प्रभाव पार्ने ९६ जनालाई सार्वजनिक मुद्धामा , विभिन्न स्थानमा ठगी गर्ने ६ जनालाई ठगी मुद्धामा, विभिन्न यौन पेशामा संलग्न होटल मालिक तथा यौनकर्मी ६२ जनालाई कारवाही गरिएको, जुवातास खेल्ने ३५ जनालाई पक्राउ गरि अव आईन्दा नखेल्ने शर्तमा सम्झाई बुझाई छाडिएको ।
साथै हालसम्म जुवातास खेल्ने १६६ जनालाई पक्राउ गरिएको जसमध्ये ३२ जनालाई कानूनी कारवाही गरिएको र १३४ जनालाई सम्झाई बुझाई छाडिएको ।
मुख्य मुख्य घट्नाहरुको संक्षिप्त बिवरण :
जवरजस्ती करणी :
मिति २०६७।०३।२३ गते अं. १७:०० बजेको समयमा पोखरा उप.म.न.पा. वडा नं. ६ बैदाम बसुन्धारा पार्क नजिककै को खाली घरमा धर्म ईन होटलमा काम गर्ने धादिङ्ग जिल्ला ज्यामरुङ्ग गा.वि.स. वडा नं. ७ बस्ने अं. वर्ष २६ को सुमन भन्ने केदार बहादुर इटनीले पोखरा उप.म.न.पा. वडा नं. ६ बैदाम बस्ने वर्ष १५ कि नाम परिवर्तन :ड (द्दण्ण्ठ बालिकालाई जवरजस्ती करणी गरेकोले निजलाई पक्राउ गरी अनुसन्धान भै रहेको साथै होटल संचालक शारदा पौडेल उपर अनुसन्धान भैरहेको ।
लागु औषध वुप्रिनर्फिन मुद्धाका प्रतिवादी ज्योती गुरुङ्ग, संजय के.सी . र खोम बहादुर गुरुङ्ग :
भारत रक्सौलबाट लागू औषध खरिद गरि पोखरामा विक्री वितरण गर्न ल्याएको छ भन्ने सूचना प्राप्त भए पश्चात मिति २०६७।०३।३२ गते पृथ्वीचोकमा संकित व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा कास्की जिल्ला पोखरा उ.म.न.पा. ९ पृथ्वीचोक कास्की जिल्ला ,पोखरा उ.म.न.पा. वडा नं .१६ दिप बस्ने वर्ष ४३ को खोम बहादुर गुरुङ्ग , ऐ .ऐ . बस्ने वर्ष ३३ की ज्योती गुरुङ्ग र ऐ .९ नयांवजार बस्ने वर्ष १९ को संजय के.सी को साथबाट लागु औषध नर्फिन थान –१८८ , डाईजापाम थान –१८८ र नाईट्रोसन भ्याट –११५ ट्याब्लेट वरामद भएकोले निजहरु उपर लागु औषध वुप्रिनर्फिन मुद्धामा अनुसन्धान भै रहेको, निजहरुले उल्लेखित लागु औषध भारत , रक्सौलवाट खरीद गरी ल्याएको भन्ने समेत बुझीएको ।
पृथ्वीचोकमा मोवाईल चोरी भएको सम्बन्धमा :
मिति २०६७।०३।१७ गते राती कास्की जिल्ला पोखरा उ.म.न.पा. ९ प्थ्वीचोक स्थित केदार मोवाईल रिपेरीङ्ग सेन्टरवाट मर्मतार्थको लागी राखीएको मोवाईल ,रिचार्ज कार्ड तथा व्याट्री समेत प्रकाश गुप्ता समेतले जम्मा रु २,८४,५०० ( अक्षरुपी दुई लाख, चौरासी हजार, पांच सय ) बरावरको धनमाल चोरी सम्बन्धमा आवश्यक अनुसन्धान पश्चात कास्की जिल्ला पोखरा उ.म.न.पा . ९ शिवटोल बस्ने वर्ष १९ को प्रकाश गुप्तालाई थान –७ र ऐ . बस्ने वर्ष १८ को सुभम गुरुङ्गलाई थान –८ मोवाईल सहीत पक्राउ गरी निजहरु उपर चोरी मुद्धामा अनुसन्धान भै रहेको ।
पोखरा १ याम्दीपुलमा कारमा क्षती भएको सम्बन्धमा :
मिति २०६७।०४।०१ गते राती २२:०० बजेको समयमा अपरिचित व्यक्तिहरुले कास्की जिल्ला पोखरा उ.म.न.पा. वडा नं . १ याम्दीपुल स्थितमा पोखरा ३ नदीपुर बस्ने प्रेम शेरचनको ग १ च ५४०६ नं .को प्राईवेट कारमा ढुङ्गाले हानी सिसा तथा साईडलाईट फुटाई फरार रहेका व्यक्तिको सम्बन्धमा खोजतलास तथा आवश्यक अनुसन्धान पश्चात कास्की जिल्ला, हेम्जा १ बस्ने वर्ष १८ को रमेश राई ,ऐ . बस्ने वर्ष १९ को विक्की गुरुङ्ग र ऐ . बस्ने वर्ष २१ को गणेश गुरुङ्ग समेतलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धामा अनुसन्धान भै रहेको ।
वेश्यावृर्ती तथा यौनकमींहरु लाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धा चलाईएको संख्या :–
यौनकर्मी होटल संचालक जम्मा
पुरुष महीला पुरुष महीला
२५ ३० ३ ४ ६२
जुवातासमा पक्राउ गरि छाडिएको तथा कारवाही संख्या :
जुवामा मुद्धा चलाईएको सार्वजनिक मुद्धा चलाइएको सम्झाई बुझाई छाडीएको कूल जम्मा
महीला पुरुष महीला पुरुष पुरुष महीला
– १३ ८ ११ १२० १४ १६६ जना
मदरल्यान्ड होटलमा अन्जु फुयालको मृत्यु सम्बन्धमा :
मिति २०६७।०४।०३ गते राती अन्दाजी ०१:३० बजेको समयमा कास्की जिल्ला,पोखरा उ.म.न.पा . वडा नं .७ स्थित डिगोपाटनमा रहेको राम बहादुर त्रिपाठीको मदरल्यान्ड नामको होटलको २०८ नं. कोठामा वर्ष १८ की अन्जु फुयाल नाम गरेकी महिला मृत अवस्थामा छ भन्ने सुचना प्राप्त हुना साथ यस कार्यालयबाट अनुसन्धान टोली खटिई गई उक्त हत्यामा संलग्न सरोज फुयाल हत्या पश्चात काठमाण्डौ फरार भएको भन्ने सूचनाको आधारमा काठमाण्डौ प्रहरी सँग समन्वय राखी काठमाण्डौ जिल्ला, काभ्रेस्थली – ०४ वस्ने वर्ष १९ को सरोज फुयाल र निजको प्रेमीका काठमाण्डौ जिल्ला, गोल्ढुङ्गा – ८ बस्ने वर्ष १७ की कोपीला फुयाललाई पक्राउ गरि यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको, प्रारम्भिक अनुसन्धानबाट निजले करीव १ (एक) महीना अगाडी मृतक संग विवाह गरेको र विवाह पुर्व कोपीला फुयाल संग प्रेम सम्बन्ध रहेकोले मृतक अन्जु फुयाललाई कर्तव्य गरी मारेको भन्ने बुझिन आएको ।
No comments:
Post a Comment
Please, comment about this article.