Saturday, July 24, 2010

पाँच दिने उद्घोषण तथा बैठक सञ्चालन तालिम सम्पन्न



टोल विकास संस्था वडा समन्वय समिति पोखरा १० को आयोजनामा जनप्रिय समाज वातावरण सुधार समिति जनप्रियटोल पोखरा १० मा संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा पाँच दिने उद्घोषण तथा बैठक सञ्चालन तालिम सम्पन्न भयो वडा समन्वय समिति अन्तगत रहेका बीस वटा टोलमा रहेका आमासमुहका पदाधिकारीहरु ४८ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा बैठक कसरी
सञ्चालन, व्यवस्थापन गर्ने कार्यक्रम कसरी बनाउने भन्ने बारेमा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्णथापा स्टेशन मेनेजर लक्ष्मीनारायण देवकोटा महिला सामाजिक कार्यकर्ता सामुदायीक सेवा केन्द्र जिल्ल समन्वय समितिका अध्यक्ष सिता गुरुङ्, गाउँनगर विकास साझेदारी कार्यक्रमका शाखा अधिकृत श्री दुर्गा न्यौपाने लगाएतले प्रशिक्षण दिनुभएको थियो तालिम समापन समारोहका प्रमुख अतिथि पोखरा पोउमनपाका सामाजिक विकास समितिका कार्यक्रम अधिकृत ओमराज पौडेलले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुहुर्दै महिलाहरु नेतृत्वमा आउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुदैँ कसैले आफूलाई बोक्सी मन्त्र सिकाए रु एक लाख पुरस्कार दिने बताउँदै समाजमा कोही महिला बोक्सी हुदैन भनि प्रष्ट पार्नुभयो उक्त कार्यक्रममा प्रशिक्षक सिता गुरुङ्, दुर्गा न्यौपाने, लक्ष्मीनारायण देवकोटा, जनप्रिय आमासमुहका भु.पु. अध्यक्ष पवित्रा गुरुङ लगाएत किरणप्रसाद भट्टचनले आफ्नो भनाई राख्दै सिकेका अनुभवहरु सिकीयो भन्दै बसेर मात्र त्यसबाट व्यक्तित्व विकास नहुने भएका कारण भए गरेका हुने जानकारी पाएका कार्यक्रमहरुमा आफ्नो उपस्थिीति देखाई अग्रसर हुन सकेको खण्डमा मात्र सिकाईको अर्थ रहने कुरा बताउँदै अगाडि बढ्न आग्रह गर्नुभयो संस्थाका उपाध्यक्ष किसोर घिमीरले स्वागत मन्तव्य राख्नुभएको थियो भने रेखीमाया गुरुङ उमा मुल्मीले आफूहरुले पाँच दिनमा सिकेका कुराहरुको अनुभव वताउदै यस्ता कार्यक्रमले महिलाहरुको व्यक्तित्व नेतृत्व विकास गर्न हौसाएको अनुभव सुनाउनु भयो कार्यक्रमको सञ्चालन नव उत्पादीत उद्घोषक आरती गुरुङ गोमा रायमाझीले गर्नुभएको कार्यक्रममा चन्दकिसोर गौतमलेपनि सञ्चालनमा सहयोग पु¥याउनु भएको थियो

No comments:

Post a Comment

Please, comment about this article.