मालपोत कार्यालय तनहुँमा हस्त लिखित र पाण्डुलिपी प्रणालीबाट लालपुर्जा वितरण हुँदै आएकोमा अबदेखि कम्प्युटर प्रणालीबाट लालपुर्जा वितरण हुन थालेको छ । मालपोत कार्यालयका कागजपत्र कम्प्यूटरमा राख्न थालेपछि सेवग्राहीले काम छिटो भएको महसुस गर्न थालेका छन् । पुरानो प्रणालीबाट वितरण गरिएको लालपुर्जाको तथ्याङ्क नष्ट हुने र सेवाग्राहीलाई पनि झन्झट हुने भएकाले मालपोत कार्यालयले कम्प्युटर प्रणालीको माध्यमबाट लालपुर्जा वितरण गरेको हो । पहिले पहिले सेवाग्राहीको लामो लाईन रहने कार्यालयमा हाल केही समयमा नै सेवाग्राहीले विना लाईन सेवा पाउने गरेका छन् । कार्यालयका प्रमुख खगेन्द्रराज घिमिरेले कम्प्युटर पद्धतिबाट सेवा सुरु भएपछि पहिला जस्तो लाईन लाग्ने अवस्था नरहेको र तथ्यांक पनि सुरक्षित रहने भएकाले सजिलो भएको बताउनुभयो ।
No comments:
Post a Comment
Please, comment about this article.