जिल्ला प्रहरी कार्यालय पर्साले गएराति पर्साको निचुटा गाबिसमा छापामारी गरी ठुलो परिमाणमा लागुऔषध खैरो हेरोइन सहित तीन जना भारतीय तस्करलाई पक्राउ गरेको छ । गएराति निचुटा गाबिसमा रहेको एक झोपडीमा छापामारी प्रहरीले तीन भारतीय सहित ठुलो परिमाणमा लागु औषध बरामद गरेको हो । पक्राउ पर्नेमा भारतको सैझानपुर जिल्ला तिलककरवाका देवेशकुमार गुप्ता, जलालाबादका सुवास चन्द र अनिलकुमार सिंह छन् । उनीहरुको साथवाट प्रहरीले अफिम ३ सय ५० ग्राम, खैरोहेरोइन धुलो २ सय ग्राम, खैरो हेरोइन बनाउन प्रयोग हुने केमिकल साल्मोनियाक धुलो ३ किलो ५ सय ग्राम वरामद गरेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.