नेकपा एमालेका नेता केपी शर्मा ओलिले “हत्या हिंसा, जवरजस्ती र संवैधानिक बाटोमा नआए सम्म संरकारको नेतृत्व नसोचे हुन्छ । माओबादीलाई एक्ल्याउन खोजेका छैनौ संगसंगै लैजान सरकारमा सहभागी हुन आग्रह गरेका छौ । यदि माआबादीले नेतृत्व गर्ने हो भने संवैधानिक बाटो बाट आउन समेत आग्रह गर्नुभयो । संवैधानिक र कानुनि बाटो मार्फ नआई सरकार मागेर पाइदैन उहाले भन्नुभयो । संवैधानिक रुपमा संविधानसभा र संवैधानिक रुपमा आउनु सुझाव दिनुभयो । नेकपा एमाले निकट शिक्षकहरुको भेलालाई आज पोखरामा सम्वोधन गदै नेता आलीले माओबादी राजनीतिक पार्टीभएर सशस्त्र जत्थाको समुह भएको आरोप लगाउनु भयो । माओबादीले संविधान निर्माण र शान्ति प्रक्रियलाई निकर्षा पुयाउन नचाहेको बताउदै सत्ता कब्जाको सोचमा उद्धत भएको उहाँको भनाई नेता ओलिले संविधान निर्माण अधि नै माओबादी लडाकु र हतियारको ब्यवस्थापन गर्नुपर्ने भन्दै अन्यथा संविधान निर्माण नहुने जिकीर गर्नुभयो । लडाकु ब्यवस्थापन विना बनेको संविधान कार्यान्वयन नहुने र कागज मात्र हुने उहाको तर्क थियो । संविधान निर्माणको सयम धेरै नभएकाले निधारित मितिमै संविधान बन्नुपर्ने बताउदै माओबादीले जति दिन छोटिदैछन झन अप्ठ्यारा कुरा गर्न थालेर संविधान निर्माण अवरोध सृजना गरेको बताउनुभयो । माओबादीले संविधान निर्माण भन्दा पनि सत्ता कब्जा गर्ने सोचमा लागेका कारण प्रचण्डले शक्ति खोरमा प्रशिक्षण दिएका बताउनु भयो ।
KP Sharma Oli Constitution should be on time
KP Sharma Oli Constitution should be on time
No comments:
Post a Comment
Please, comment about this article.