पोखरा,२१, फागुन
उप्रधानमन्त्री गच्छदारले निर्धारित समयमा संविधान निर्माण नभए तिन ठूला दलका नेताले जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ ।नेपाल निर्माण ब्यवसायी संघ कास्कीको १७ औ साधारण सभाको आज पोखरामा उद्घाटन गदै उपंप्रधानमन्त्री विजय कुमार गच्छदारले जेठ १४ गते संविधान निर्माण हुन नसके गिरीजा प्रसाद कोइराला, झलनाथ खनाल र प्रचण्ड जिम्मेवार हुनु पर्ने बताउनु भएको हो । निर्धारित समयमा संविधान निर्माण नभए माधव नेपाल र विजय कुमार गच्छदारको कुनै दोस हुदैन त्यसको जिम्म काँग्रेस, एमाले र माओबादीका नेताले लिनुपर्छ उहाले भन्नुभयो ।संविधान निर्माण गर्न अव धेरै दिन छैन उहाँले भन्नुभयो-दलहरु संविधान निर्माणमा दत्तचित्त भएर लाग्नुपर्छ ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहनु भएका गच्छदारले दलहरु सत्ताको लुछाचुडिमा भन्दा संविधान निर्माणमा जुटन आग्रह गर्नुधभयो । ठूला पार्टीका नेताहरु पार्टीले स्वार्थभन्दा माथि उठनुपर्छ सत्ताको लागि छिनाझम्टी गर्ने बेला हैन । संविधान निर्माण गरेर माओबादी लडाकुको ब्यवस्थापन गदै दिगो शान्ति स्थापना गर्न सके कोइराला, खनाल र प्रचण्डको नेपाली जनताले जय जयकार गर्छन गच्छदारको भनाई थियो ।नेपाली जनताले चाहेको जस्तो संविधान ल्याइदिए जनताको घरघरमा तिन नेताको फोटो एउटै बनाएर राख्ने बताउनुभयो । उपप्रधानमन्त्री गच्छदारले माधव नेपाल नेतृत्वको सरकार कुनै पनि हालतमा नढल्ने दावी गदै २२ दलको र्समर्थन र लामो अनुभव संगालेका माधव नेपाल नेतृत्वको सरकार त्यसै हटछ उहाँले भन्नुभयो । उहाँले एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डलाई सत्तामोह त्यागेर संविधान निर्माण जुटन आग्रह गर्नूभयो । देश कुनै पार्टी ब्यक्तिको हैन तर्राईलाई उपेक्षित गरे राजधानी काठमाडौको ढोक बन्द गनै चेतावनी दिनुभयो । उप्रधानमन्त्री गच्छदार भन्नुभयो- तर्राई र मधेशलाई उपेक्षा गरे तर्राई बन्द गछौ । मधेशबादी दललाई माइनस गरेर देश चलाउन खोजे देश टुक्रिने चेतावनी दिदै सरकार परिवर्तन सजिलो नभएको जिकीर गर्नूभयो । प्रचण्ड प्रधानमन्त्रि भएमात्र संविधान बन्छ भन्नु माओबादी बखेडा हो, माधव नेपालको टाउको काटेर प्रचण्डले जोड भन्नु र गिरीजा, झलनाथले काटेर जोडन खोज्दैमा हुन्छ । भौतिक निर्माण तथा योजना मन्त्री समेत रहनु भएका गच्छदारले विकासमा राजनीति हैन विकासका लागि राजनीति गर्न दलका नेताहरुलाई आग्रह गर्नुभयो । ।पर्यटन वर्ष२०११ लाई सफल पार्न दलहरु बाट बन्द,हडताल नगर्ने प्रतिद्धता गरेका छन त्यो सकरात्मक भएको भन्दै यो अझै अगाडि आउनुपर्ने बताउनु भयो ।
No comments:
Post a Comment
Please, comment about this article.