युवापुस्तfको विशेष दिन प्रेम दिवस(भ्यालेन्टाइन डे)लाई लक्षित गरी पोखरामा !! लाख भन्दा बढीको उपहार भित्रिएको छ ।गुलाफको फुल, कार्ड, चक्लेट लगायतका बस्तुहरु पोखरामा भित्रिएको छ । भित्रिएका बस्तुहरु खरीद गर्न पोखराको व्यस्त बजार चिप्लेढुंगामा युवापुस्ताको भीड बढ्दै गएको छ । अव्यक्त प्रेमलाई आइतबार प्रेम दिवसको अवसरमा कार्ड, मायाको प्रतीक गुलाफको फुल दिएर व्यक्त गर्ने प्रचलन रहेको छ ।
पोखरामा प्रणयदिवसका लागि भारत, चीन, काठमाडौ लगाएतका ठाउँबाट उपहार भित्रिएको पोखराको आर्चिस ग्यालरीका चिप्लेढुंगाका z+s/ पराजुलीले जानकारी दिनुभयो । ‘युवापुस्तालाई मध्यनजर गरी उपहारहरु आयात गरिएको छ ।’ उनले भने ‘बढी जस्ता युवापुस्ताहरु फरक खालका कार्डहरु खरीद गरेका छन् । पहिलो पटक आफ्नो मन पराएको मानिसलाई प्रस्ताव राख्दा प्रेम कार्ड, गुलाफको फुल दिइ प्रस्ताव गर्ने गर्दछन् । पहिले नै माया प्रेम बसेकाहरुले पनि आफ्नो माया प्रगाढ बनाउन उपहार दिने गर्दछन् ।
पोखरामा करिब एकसातादेखि उपहारको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।आर्चिस ग्यालरीले मात्रै प्रणय दिवसका लागि ५ लाख बराबरको उपहार भित्रियाएको पराजुलीले बताP। प्रणयदिवसमा मुख्य गरि प्रेमका शुभकामना भएका कार्डहरु, मुटुका आकार भएका उपहार, चक्लेट र गुलाफका फुलहरु बढि मात्रामा बिक्रि हुने गरेको छ । आर्चिससँगै अन्य विभिन्न ठाँउहरुमा रहेका गिफ्ट सेन्टरमा पनि उत्तिकै मूल्य बराबरको उपहार भित्रिएको छ । उपहार किन्नेको भीडले बजार निकै व्यस्त बनेको छ ।उपहार खरीद गर्न युवापुस्ताहरु एकसाता देखि नै बजारमा धाएका थिए । प्रेम दिवसको अवसरमा व्यवसायीहरुले दैनिक ५० हजार भन्दा बढिको व्यापार हुने गरेको सुनाउँछन् । उपहारहरु ३० देखि ५ सयसम्मका छन् । व्यवसायीहरुले प्रेम दिवसलाई लक्षित गरेर पसललाई आक्रर्ष रुपमा सजाएका छन् ।
No comments:
Post a Comment
Please, comment about this article.