पोखरा, १९ माघ
सहारा एफसी युके आहाको आठौं सस्करणको सेमिफाइनलमा अग्रतालाई कायम राख्न नसकेको सहारा एफसी युके टाइब्रकेरमा एनआरटीसित अन्तत ४-२ गोल अन्तरले पराजित हुदैं दुखद विदाई लिएको छ । एनआरटी आहा गोल्डकपको तेस्रो सहभागितामा सेमिफाइनल यात्रा तय गरेको हो । खेल सकिन एक मिनेट बाँकी रहदाँ निराजन रायमाझीको प्रेरणदायी गोलमा बराबरीमा फर्किएको एनआरटीले टाइब्रेकमा । पहिलो हाफ हुन पाँचमिनेट बाँकी रहेको अवस्थामा सहारा एफसी युकेका जोर्डन वाटसनले गोलको खाता खोल्दै अग्रता दिलाएका थिए । कप्तान नवल गुरुङको पासमा अनमार्क वाटसनले २० यार्डबाट प्रहार गरेको बलले जाली हल्लाउँदा सहारा एफसी युकेले ५० मिनेटसम्म आग्रता लिएको थियो । अग्रता लिएको पाहुना टोलीले दोस्रो हाफ पुर्णरुपमा डिफेन्सिप खेलपछि एनआरटीले दबाव सृजना गरेको थियो ।
अधिकांश समय बल आफनो नियन्त्रणमा राखेको एनआरटीले खेलको अन्तिम मिनेटमा भाग्यले साथ दिदाँ बराबरी पुगेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । कप्तान जीवन सिन्केमानले कर्नर लाइनबाट दिएको पासलाई निराजन रायमाझीले गोल गर्दै एनआरटीको भाग्य उदय गराएका थिए । थपिएको आधा घण्टाको समयमा पनि दुवैतर्फाट गोल नभएपछि रेफ्री सुदेश पाण्डेले निणर्याथ पेनाल्टीको संकेत गरेका थिए । नविन न्यौपानेले एनआरटीको लागि पहिलो पेनाल्टी प्रहार आकासमा हिर्काएपछि निराश बनेको थियो । त्यसपछि क्रमश जीवन सिन्केमान, निराजन रायमाझी, उमेश उप्रेती र राजेश शाहीको प्रहार गोलमा परिणत भएपछि सेमिफाइनल यात्रा निश्चित । बुधबारको खेल तीन पटकको आहा गोल्डकप विजेता र दुइ पटकको विजेता मनाङ मर्स्याङदी क्लब बीच पहिलो सेमिफाइनल खेल हुने
No comments:
Post a Comment
Please, comment about this article.