Wednesday, February 10, 2010
पोखरामा लाख लाख रुपियाँ बराबरको उखु भित्रियो
पोखरा, २७ माघ
पोखरामा !! लाख b]vL !# लाख रुपियाँ बराबरको उखु भित्रियो । दुईदिनपछि मनाइने महाशिवरात्री पर्वको लागि पोखरामा उखु भित्रिने एक एकसातादेखि हुदैं छ ।शिवरात्रीलाई लक्षित गरी पोखरामा अहिले करिव ८ ट्रक ऊखु भित्रिएको ऊखु व्यापारीn] बताए । पोखरामा धादिङ र धरानबाट ऊखु ल्याउने गरिएको छ । एउटा लाँक्रो ऊखु २५ देखि ५० रुपैयाँसम्म बिक्रि हुने गरेको छ । यतिबेला पोखराका मुख्य चोक महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोकहरुमा ऊखुको खात देख्न सकिन्छ भने उखु किन्नेको पनि त्यत्तिकै भीड लाग्ने गरेको छ । काठमाडौ af6 पनि एक ट्रक ऊखु विक्रिका लागि पोखरामा ल्याएको छ । एक ट्रक उखुलाई करिव एक लाख ८२ हजार पर्ने र खुद्रा विक्रि गर्दा करिव ५० हजार नाफा हुन्छ । बुधबार मात्र करिव १५ हजार उखु विक्र भएको छ । शिवरात्री आउन दुई दिन बाँकी रहदाँ उखुको विक्रि अनुपात पनि र्दैनिक बढ्दै गएको व्यापारीको भनाई छ । उखुको रसलाई पाचँ अमृत मध्ये एक अमृत मानिन्छ भने पोलेको उखु औषधी हुने जन विश्वास रहेको छ । उखु भगवानलाई प्रसादको रुपमा बढी प्रयोग हुने हुनाले पनि शिवरात्री यसको उपयोग बढि हुने गरेको छ । शिवरात्रीमा ऊखु खानलाई मात्र नभएर शिवधुनीमा ऊखु पोलेर पड्काएर मनोरञ्जन लिने परम्परा पनि छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.