Wednesday, February 24, 2010
नेपाल टेलिकमले गण्डकी र धौलागिरी अञ्चलमा मोवाइल सेवा गुणस्तरीय हुने दावी
पोखरा, ११ फागुन
नेपाल टेलिकम पोखरा शाखाले मोवाइल फोनमा देखिएको समस्या समाधान गर्न छ महिनाभित्र १ सय ६ वटा टावर थप्ने भएको छ । टावर थपिएपछि गण्डकी र धौलागिरी अञ्चलमा मोवाइल सेवा गुणस्तरीय हुने दावी टेलिकमले दावी गरेको छ । नयाँ टावर थप गरिएपछि दुई अञ्चलमा टावर संख्या दुईसय ४२ पुग्ने छ । ‘टावर विस्तार गरेपछि दुई अञ्चलमा नयाँ सिम वितरण गर्ने छौं ।’ टेलिकमका पोखरा शाखा प्रमुख सुर्यनारायण मालाकारले भन्नुभयो-’सबैलाई मोवाइल सेवा पुर्याउने लक्ष्य टेलिकमले लिएको छ ।’ उहाँले गण्डकीको मनाङ र धौलागिरीको मुस्ताङको उपल्लो मुस्ताङमा मोवाइल सेवा पुर्याइने बताउनुभयो । टेलिकमले केहीमहिना अघिमात्रै मनाङको थोराङफेदी र मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै टावर विस्तार गरेपछि अन्नपुर्ण पदयात्रा गर्ने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज भएको छ । टेलिकमका अनुसार अहिले दुई अञ्चलमा १ सय ३६ वटा टावर छन् ।
नेपाल टेलिकम पोखरा शाखाले हालसम्म गण्डकी धौलागी अञ्चलमा तीन लाख मोवाइल र ३५ हजार २ सय १३ पिएसटिएन लाइन वितरण गरिसकेको छ । टावर विस्तरसँगै दुई लाख थपिए मोवाइल उपभोक्ताको संख्या ५ लाख पुग्ने नेपाल टेलिकमले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.