पोखरामा एभियनर् इन्फलुएञ्जा भाईरस (वर्ड फ्लु) भेटिएको छ । पंक्षीहरुमा लाग्ने संक्रामक सरुवा रोग वर्ड फ्लु भेटिएको केन्द्रिय पशु सेवा विभागले आज राती पुष्टि गरेको हो । पोखरा उपमहानगरपालिका वडा नं ७ स्थित कुखुरा पालक ज्ञान बहादुर खड्काको फाराममा कुखुरा र हांस मरेको एक साता पछी मात्रै बर्ड फलुको आशंका गरीएको हो । खड्काको फाराममा गत १२ गते एकै रातमा १३५ कुखुरा र ७४ हांस मरेपछि परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । कुखुरामा वर्ड फ्लु-एच ५ एन १) आधिकारीक पुष्टिको लागि बेलायत पठाइएको थियो । बेलायत पठाइएको नमूना परीक्षणमा पोजेटिभ देखिएपछि सरकारले आज राती राजधानीमा पत्रकार सम्मेलन गरी आधिकारीक पुष्टि गरेको हो । ‘बेलायतमा नमूना परीक्षणमा बर्ड फ्लु देखिएको छ ।’ पशु सेवा विभागका निर्देशक डा प्रभाकर पाठकले भने-’सानो क्षेत्रफलमा देखिएको हो । एक दुइ दिनमै नियन्त्रणमा आउँछ ।’
बर्ड फ्लु भेटिएपछि पोखरामा उच्च र्सतर्कता अपनाइएको छ । एकै पटकमा ठूलो संङख्यामा हांस र कुखुरा मरेपछी जिल्ला पशु कार्यालयमा खबर गरेका खड्काको फारामबाट कार्यालयका पशु चिकित्सकले मरेका हांस र कुखुराको नमुना परिक्षणका क्रमश पशुरोग निदान कायाएलय पोखरा , काठमाण्डौ र बेलायत पर्ठाईएको थियो । पोखरामा बर्ड फ्लु भेटिएपछि सरकारले आज सांझमात्रै पोखराको घारीपाटन क्षेत्रलाई संङकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बर्ड फ्लु नियन्त्रणको लागि कृषि मन्त्रीको संयोकत्वमा टोली समेत गठन गरिएको छ । टोलीले विहानमात्रै र्सतर्कताको लागि विशेष टोली परिचालन गरिने बताइएको छ । ठुलो संख्यामा एकै पटक पंक्षी मरेपछि घारीपाटन क्षेत्रको बातावरणमा समेत सन्त्रास फैलिएको छ । जिल्ला पशु सेवा कार्यालय कास्कीले बर्ड फ्लु देखिएकेा क्षेत्र वरपरका तीन किलोमिटर क्षेत्रमा पंक्षीहरुको खोजी गरी नष्ट गरिने जनाएको छ । तीन किलोमिटर क्षेत्रका हाँस कुखुरा, अण्डा नियन्त्रण गरी नष्ट गरिने कार्यालयले जनाएको छ । त्यसपछि दशकिलोमिटर क्षेत्रफलमा सम्भावत बर्ड फ्लुको खोजी गरिने छ भने त्यसपछि पोखरा भित्रिने सम्पुर्ण सवारी साधनको चक्कामा बर्ड फ्लु नियन्त्रणको लागि स्प्रे गरिने छ । त्यस्तै र्सवसाधारणहरुको समेत चेक जाँच गरिने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

No comments:
Post a Comment
Please, comment about this article.