पोखरा, २२ माघ
पृथ्वीनारायण क्याम्पसमा दुई विद्यार्थी संगठन बीच झडप भएको छ । क्याम्पसमा शुक्रबार विहान स्ववियुले समयमै संविधान निर्माण गर्न दिने उद्देश्यले आयोजित कार्यक्रममा स्ववियु सभापति रश्मी आचार्यलाई क्रान्तिकारीले कुटपिट गरेपछि झडपको स्थिति उत्पन्न भएको हो । स्ववियुले दिउँसो १२ बजे क्याम्पसमा परिसरबाट जनदवाव सृजना गर्न र्याली निकाल्ने तयारी गरेको थियो । स्ववियु सभापतिमाथि कुटपिट भएपछि दिउँसो अनेरास्ववियुका विद्यार्थीले माओवादी जिल्ला नेता झलकपाणी तिवारीलाई कुटपिट गरेका छन् । दिउँसो माओवादी निकट तमुवान राज्य समिति अर्न्तर्गतको प्राध्यापकहरुको भेलाको कार्यक्रममा उपस्थिति हुन क्याम्पस परिसरमा पुग्नुभएको तिवारीमाथि अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरी घाइते बनाएका हुन् । कुटपिटबाट तिवारी र आचार्य दुवै घाइते भएका छन् ।
झडपले क्याम्पस परिसरमा तनावपुर्ण बनेको छ । दुई विद्यार्थी बीचको झडपले क्याम्पसमा अध्ययन गर्न पुगेका विद्यार्थीहरुको भागदौड समेत मच्चिएको छ । दिउँसो साढे १२ बजे तनाव अझ उग्र हुदाँ दुई विद्यार्थी संगठन बीच ढुंगा हानाहान हुदाँ माओवादीका रामजी बराल जीवन घाइते भएका छन् ।भएको छ । क्रान्तिकारीका विद्यार्थीहरु क्याम्पस भित्र छन् भने अनेरास्ववियुका विद्यार्थीहरु क्याम्पस गेट बाहिर छन् । क्याम्पस परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । गत पुस ४ गते राती पनि क्रान्तिकारीले आफना दुई विद्यार्थी नेताहरुमाथि साघातिक आक्रमण गरेका थिए । उक्त घटनाले उत्पन्न दुई विद्यार्थी संगठन बीचको विवाद साम्य हुन नपाउँदै फेरी झडप भएको हो । क्रान्तिकारीले आफनो विद्यार्थीमाथि लगाइएको वारेन्ट फिर्ता हुनुपर्ने माग राख्दै पाँचदिन परीक्षा समेत स्थगित गरेपछि जिल्लास्तरीय नेताहरुको बैठकबाट परीक्षा सञ्चालन गरिएको थियो । डेढ महिना अघि क्रान्तिकारीको आक्रमणबाट क्याम्पसका उपाध्यक्ष नरेश रोकाय र स्वतन्त्र विद्याथी युनियनका सदस्य मनिष हमाल गम्भीर घाइते भएका थिए ।
No comments:
Post a Comment
Please, comment about this article.