Tuesday, February 16, 2010

कोमागाने मितेरी सामुदायिक मातृशिशु अस्पताल निर्माणको लागि आजदेखि महायज्ञ शुरु

पोखरा, ३ फागुन

कोमागाने मितेरी सामुदायिक मातृशिशु अस्पताल निर्माणको लागि आजदेखि महायज्ञ शुरु गरिएको छ । पोखराको बाटुलेचौर १६ मा मातृशिशु अस्पतालको भवन निमार्णार्थ आर्थिक सकलनको लागि सोमबारदेखि महायज्ञ लगाइएको हो । भगिनी सम्बन्ध गाँसिएको ११ वर्षछि पोखरामा उक्त अस्पताल निर्माण शुरु गरिएको हो । फागुन १० गतेसम्म चल्ने महायज्ञमा दुईकरोड रुपियाँ आर्थिक संकलन गरिने लक्ष्य लिइएको छ । अस्पताल निर्माणको लागि स्वाथ्य तथा जनसंख्या मन्त्रालयले बाटुलेचौरको १३ रोपनी जग्गा नगरपालिकालाई भोगाधिकार दिएपछि कम्पाउण्ड पर्खाल लगाई अस्पताल भवनको शिलान्यास समेत गरिसकिएको छ ।
शिलान्यास स्थानीय विकास मन्त्री पुर्णकुमार शेर्माले गर्नुभएको थियो । अस्पतालको लागि एम्बुलेन्स, अल्ट्रासाउण्ड मेशिन, इलेक्टि्रक वेट मेशिन, बाल तथा युवाहरुको ब्लड प्रेसर नाप गर्ने उपकरण, दोहोरो मोनिटर, इसिजी मेशिन, फोर्सेप, स्पेकुलम लगायतका सामान सहयोग स्वरुप दिएको छ । अस्पताल भवन निर्माण गर्न कोमागाने शहरमा नागरिकस्तरबाट रकम संकलन कार्य भइरहेको पोखरा उपमहानगरपालिकाले जनाएको छ । ‘अस्पताल निर्माण गर्न पोखरा उपमहानगरपालिकाले १५ लाख रुपियाँ बजेट छुट्टयाएको छ । पोखरा उपमहानगरपालिकाका भगिनी सम्बन्ध कार्यक्रम अधिकृत ओमराज डेलले भन्नुभयो(‘नगरपरिषदको बैठकले यो आर्थिक वर्षथप ३० लाख छुट्टयाइएको छ ।’ पोखराले २०५४ । भगिनी सम्बन्ध स्थापित भएपछि पोखरा उपमहानगरपालिकाले कोमागानेले दिएको आर्थिक सहयोगबाट बैदामस्थित ‘कोमागाने मितेर पार्क’ निर्माण समेत गरेको थियो । पछिल्लो समयमा पोखराले गतवर्षो कार्तिक पहिलो साता तिब्बती शहर लिन्झीसित भगिनी सम्बन्ध गाँसेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.