पोखरा २२ माघ
पर्यटकीय फेवातालमा एक विदेशी प्याराग्लाइडिङ पाइलट खसेर वेपत्ता भएका छन् । सराङकोटबाट उडेका २६ वषिर्य जर्मन पर्यटक स्टोप्च स्याटलर तालमा खसेर बेपत्ता भएका हुन् । दिउँसो पौने एकबजेको समयमा ती जर्मनी पर्यटक खपौंदी नजिकै तालमा खसेर वेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार जर्मन पाइलटले उचाईबाट तालमाथि 30 miter फल’ गरेका थिए । उचाईबाट ग्लाइडिङ छाडेर तालमा जम्प गरेपछि बेपत्ता भएको बताइएको छ । आफनै व्यक्तिगत सामान लिएर उनले दिउँसो १२ बजेको समयमा उडान गरेका थिए । प्याराग्लाइडिङको क्रममा उनका अन्य पाँचजना सहकर्मीले छायाँकन-भिडियो खिचेका) गरेका थिए । बेपत्ता पर्यटकको पास पोर्ट नम्बर सी एस एच ३ एल जे एच ७ एन रहेको प्रहरीले जनाएको छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार उनी गत डिसेम्बरदेखि पोखरामा बस्दै आएका थिए । बेपत्ता पर्यटकको उद्दारको लागि जिल्ला प्रहरी कार्यालयबाट डोरी सहित १५ जना प्रहरी घटनास्थल खपौंदीमा पुगेको छ । टोलीले पर्यटकको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ । उनले व्यक्तिगत रुपमा प्याराग्लाइडिङ गरेको बताइएको छ । उनका सहकर्मीका अनुसार शुक्रबार उनले सराङकोटबाट तेस्रो फ्लाइट गरेका थिए । आफनो दुइसयौं फ्लाइट गर्दै किर्तिमान कायम गर्न उनले झण्डै डेढसय मिटर अग्लोबाट ग्लाइडर छाडेर पानीमा हाम फालेका थिए । निकै उचाईबाट हाम फालेका जर्मनी पर्यटक स्याटलर तालको मुनिको दलदलमा फँसेर बेपत्ता भएको प्रहरीले अनुमान गरेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.